Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तरुणमा युवाको आकर्षण बढ्दो, नेकपा परित्याग गरेर आए दर्जन बढी युवा

नेपाल अभियान नेपाल अभियान
२५ श्रावण २०७६, शनिबार
in राजनीति
0
589
SHARES
Share on FacebookShare on Twitter

२५ साउन, २०७६

काठमाण्डौ- नेपाली काग्रेसको शक्तिशाली युवाहरुको समूह भनेर चिनिने नेपाल तरुण दलमा युवाहरुको आकर्षण बढ्दै गएको छ । शनिबार नेपाल तरुण दल खाँडादेवी गाउँपालिका–६ माकादुमले आयोजना गरेको तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा माकादुमका दजर्न बढी युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेपाल तरुण दलमा प्रबेस गरेका छन् ।

तरुण दलमा आबद्ध हुन आएका युवाहरुले नेकपा लगायत अन्य पार्टीले युवालाई फाइदा पुग्ने कुनै पनि कार्यक्रम नल्याएको र युवाहरुलाई सधै राजनीतिमा कार्यकर्ताको रुपमा प्रयोग गर्दै आफू नेतृत्वमा पुगे पछि युवाहरुलाई ताल हान्दै छोड्दै जाने प्रवृत्तिले आफूहरु नेपाल तरुण दलमा आएको बताएका छन् ।

कार्यक्रममा प्रशिक्षण दिदैँ नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले अवको राजनीतिलाई युवाहरुले मात्रै सफल बनाउन सक्ने भएकाले काग्रेस पार्टीको विभिन्न तहमा नेतृत्व लिने गरी युवाहरु लाग्नु पर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका घिमिरेले भविष्यमा नेपाली काग्रेसलाई सफल बनाउनको लागि काग्रेसले तत्काललै जनता, मतदाता र कार्यकर्तालाई सक्रिय बनाएर योजनाबद्ध तरिकाले लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि समेत रहनुभएका नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले युवा देखि जेष्ठ नागरिक सम्मको पार्टी नेपाली काग्रेस भएकाले नेपाली काग्रेस रामेछापमा युवाहरुको संगठन देखि मुल पार्टीलाई एक ढिक्का बनाए अगाडी बढ्नेमा आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अर्का विशिष्ट अतिथि एवं नेपाली काग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले राजनीतिमा सफल हुन राजीनित गर्ने जोकोहीले पनि आफ्नो जिम्मेवारीलाई पूरा गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले तरुण दलमा आबद्ध भएका साथीहरुले कसैको लोभलालचमा नफसी समाजलाई हित हुने गरी काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष खड्काले नेपाल तरुण दल रामेछपा र सिंगो पार्टीलाई शसक्त बनाउनको लागि पार्टी सभापति र जिल्लाका अग्रज नेताहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

खाँडादेवी गाउँपालिका–६ माकादुम तरुण इकाई सभापति हरी केसीको अध्यक्षतामा काठमाण्डौको होटल कोजी इनमा भएको कार्यक्रममा गाउँ इकाई सभापति सुरेन्द्र केसी, स्थानीय नेता हर्कबहादुर खत्री, नारायण कार्की, निर्मल घिसिङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

खाँडादेवी– ६ माकादुम तरुण दल वाड कार्यसमितिले पुर्णता पायो

भेलाले खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमको तरुण दल वाड कार्यसमितिलाई पुर्णता दिएको छ । कार्यसमितिको उपाध्यक्षमा मनिषा बुढाथोकी, सचिवमा निर्मल केसी, सह–सचिवमा प्रेमकृष्ण बुढाथोकी, कोषाध्यक्षमा मिलन केसी, सदस्यहरुमा क्रमशः सुजन चौहान, सविन खत्री, बालकृष्ण खत्री, सानोबाबु खत्री, श्यामबाबु खत्री, राजेश कार्की, प्रकाश बुढाथोकी, प्रभुराम कार्की, कृष्णहरि खत्री, निर्मल खत्री, देवेन्द्र महत, सिताराम बुढाथोकी, जीवराम खत्री चयन भएको नेपाल तरुण दल रामेछापका सचिब जीवन कार्कीले जानकारी दिनुभएको छ ।

त्यसैगरी जगतबहादुर बुढाथाकीको अध्यक्षतमा ११ सदसिय नेपाल तरुण दल माकादुम–काठमाडौं सम्पर्क समति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल कार्की, शेखर खत्री, सचिवमा मनोज बुढाथोकी, सहसचिवमा स्वस्तिका बुढाथोकी, कोषध्यक्षमा हरिकृष्ण खत्री, सदस्यहरुमा क्रमशः राजेन्द्र कार्की, रमेश घिसिङ, विष्णु खत्री, अशोक कार्की र नानिबाबु कार्की रहेका छन् ।

Share561Tweet12Share3

Related Posts

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

२५ श्रावण २०७६, शनिबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

२५ श्रावण २०७६, शनिबार
सुनकोसीमा ३५ जना प्रबेश
राजनीति

सुनकोसीमा ३५ जना प्रबेश

२५ श्रावण २०७६, शनिबार
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि
राजनीति

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

२५ श्रावण २०७६, शनिबार
राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

२५ श्रावण २०७६, शनिबार
संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला
राजनीति

संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला

२५ श्रावण २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.