Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडा अध्यक्ष बोहरा माथी लागेको आरोप झुठ रहेको नेकपाको निष्कर्ष, पालिका अध्यक्ष खड्कालाई कारबाही गर्न सिफारिस

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०७६, सोमबार
in राजनीति
0
875
SHARES
Share on FacebookShare on Twitter

२७ साउन, २०७६

रामेछाप– शुक्रबार काठमाण्डौको स्वम्भुमा घटेको घटना पछि रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले उक्त घटनामा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षको संलग्नता रहेको भन्दै दिएको अभिव्यक्ति झुठो रहेको लिखुतामाकोशी गाउँपालिका नेकपाले निष्कर्ष निकालेको छ ।

शनिबार लिखुतामाकोशी गाउँपालिका नेकपाका संयोजक उद्धव प्रसाद कडरियाको अध्यक्षता तथा नेकपा ३ नं. प्रदेश कमिटि सदस्य भोजराज कडरियाको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त घटनामा गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल र वडा नं. ७ का वडा अध्यक्ष सुबास बोहराको कुनै पनि संलग्नता नरहेको भन्ने निष्कर्ष सहितको निर्णय गरिएको समितिका सदस्य दुर्गा बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यस्तै लिखुतामाकोशी गाउँपालिकामा विभिन्न घटना हुनुमा नेकपाका जिल्ला सदस्य एवं लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का नै जिम्मेवार रहेकाले निज खड्का माथी कारबाहीको माग गर्दै नेकपा जिल्ला कमिटिमा सिफारिस गर्ने निर्णया गरिएको पनि सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बैठकमा सहभागि लिखुतामाकोशी गाउँपालिकाबाट जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने सल्लाहकार सदस्य तथा जिल्ला कमिटि सदस्यहरुले गरेको रिपोटिङ अनुसार गाउँपालिका अध्यक्षले ऐन, कनून, विधि र प्रक्रिया भन्दा बाहरिा रहेर काम गरेको, पार्टीले दिएको सुझाब तथा निर्देशनलाई बेवास्त गरेको र व्यक्तिबादी चरित्र देखाउँदै गएकाले निजलाई कारबाही गर्न जिल्ला कमिटिलाई माग गर्दै निर्णय गरिएको छ ।

साथै उक्त निर्णय कार्यन्वयन गराउनको लागि जिल्ला कमिटिलाई सात दिन भित्र बैठक राख्न अनुरोध गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो । नेकपा जिल्ला कमिटिलाई अनुरोध गरिएको निर्णयको बोधार्थ नेकपा प्रदेश नं ३ मा समेत पठाईएको उहाँले बताउनुभयो । बैठकमा लिखुतामाकोशी गाउँपालिकाबाट नेकपा पालिका कमिटि, जिल्ला कमिटि र प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने ३० जना नेताहरुको सहभागिता रहेको पनि उहाँले बताउनुभयो ।

शुक्रबार प्रहरीले गोली प्राहर गरी समातेको दुई व्यक्तिहरुलाई प्रयोग गरी लिखुतामाकोशी गाउपालिका–७ का वडाअध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिन लगाएको अभिव्यक्ति गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खडकाले दिँदै आउनुभएको छ ।

Share792Tweet35Share10

Related Posts

देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२७ श्रावण २०७६, सोमबार
मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा
आधारभूत

मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा

२७ श्रावण २०७६, सोमबार
एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान
देश

एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान

२७ श्रावण २०७६, सोमबार
दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा
कारोबार

दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा

२७ श्रावण २०७६, सोमबार
विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त
देश

विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त

२७ श्रावण २०७६, सोमबार
अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग
देश

अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग

२७ श्रावण २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.