६ भदौ, २०७६
मन्थली– नेपाली काँग्रेसको मन्थलीमा बसेको जिल्ला समितिको बैठकका सहभागी सदस्यहरुले नेपाली काँग्रेसको संगठन सुधारका लागि अनुशासन अन्र्तघात र परिवर्तनको मुद्धालाई व्यवहारमा नढाले सम्म पर्टीमा परिवर्तन सम्भव नभएको बताएका छन् । शुक्रबार मन्थलीमा सुरु भएको काँगे्रस जिल्ला समितिको बैठकका सहभागी सदस्यहरुले बताएका हुन् ।
उनिहरुले पछिल्लो समयमा पार्टी राजनीतिमा देखिएको विकृतिले कार्यकर्ताहरुमा असन्तुष्टि बढेको र त्यसलाई सहि मार्गमा ल्याउन पनि पार्टिमा मुहान देखिनै सफाई आवश्यक रहेको बताएका हुनु । संघिय स्थानीय र पार्टीको आन्तरिक निर्वाचनमा पनि पटक पटक अन्र्तघात र चरम गुटवन्दीका कारण पार्टीको संगठन तहसनहस भएको भन्दै उनिहरुले पार्टी सुधारका लागि माथिल्लो मुहान नै सफाई आवश्यक रहेको बताएका हुन् ।
बैठकका सहभागि सदस्य हरुले नेपालको ऐतिहाँसिक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको बारेमा चर्चा गर्दै त्यसलाई निरन्तरता दिनको लागि पनि काँग्रेसले अनुशासन अन्र्तघात र परिवर्तन मुद्धालाई प्रमुख रुपमा उठाउन र त्यसको कार्यान्वयनको पक्षमा जिल्ला समितिको बैठकबाट निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाउन सुझाब दिएका थिए ।
सहभागीहरुले नितिगत रुपमानै मुहान सफा गरि आफनो स्वाभाव र चरित्रमा समेत सुधार गर्नु पर्ने र त्यो नभए सम्म पार्टीमा परिवर्तन सम्भव नभएको धारणा राखेका थिए । लामो समय सम्म सत्ताको राजनीति गरेको र त्यसको उचित व्यवस्थापन गर्न नसकेका कारण पार्टीमा निजि स्वार्थ, गुट र अन्र्तघात झाँगिएको भन्दै त्यसको अन्त्यका लागि पार्टीले जिल्ला स्तरमा निर्णय गरि केन्द्र सम्म पुर्याउन पनि सुझाएका थिए । शुक्रवार र शनिवार गरि २ दिन सम्म चल्ने जिल्ला समितिको वैठकको पहिलो दिन समितिका १९ जना सदस्यहरुले सभापति लवश्री न्यौपानेले प्रस्तुत गरेको मुख्य एजेण्डा माथि छलफल गरेको पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बोल्न बाँकी जिल्ला सदस्यहरुले शुक्रबार बिहानबाट आ आफनो धारणा राखेपछि बेलुका सम्म प्रस्तुत एजेण्डा लाई सर्व सम्मत रुपमा पारीत गरि कार्यान्वयनको चरणमा प्रवेश गर्नुका साथै केन्द्रिय समितिमा समेत सो बारेमा जानकारी गराईने पार्टी पवक्ता नारायण बहादुर खड्काले बताउनुभयो । बैठकमा पार्टीको संगठन, लेबिको अवस्था र त्यसको सहि प्रभावकारीता, पार्टीका भातृसंगठनहरु र उनिहरुको भूमिका र साँगठनिक अवस्था आदीका बारेमा चर्चा भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया