रामेछाप– नेपाली काग्रेस रामेछापले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कार्यक्रमको विदिवत रुपमा समापन गरेको छ । जिल्लाको दुबै क्षेत्रमा भदौ २४ गते देखि सुरु गरेर असोज ६ गते सम्म पालिका स्तरीय कार्यक्रम सम्पन्न गरी मंगलबार सदरमुकाम मन्थलीमा वर्तमान सरकारले गरेका गलत कामको विरोधमा ¥यालीको आयोजना गर्दै कार्यक्रम समापन गरको हो ।
८ ओटै पालिकामा कार्यक्रम गरेको काग्रेसले कम्युनिस्ट पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले जनताको भावना अनुरसको काम नगरेको निष्कर्ष निकाल्दै तीनै तहका सरकार विरुद्ध चर्को रुपमा प्रस्तु भएको छ । सरकारले गरेका गलत कामको विरुद्धमा मन्थलीको वीपी चोकबाट सुरु गरिएको ¥यालीमा केन्द्रिय सरकारको विरोध गर्दै ‘उखान टुक्के बोलीले, देश डुबाए ओलीले’, ‘माफिया सरकार चाहिदैन, जनता ढाट्न पाईदैन’ जस्ता नारा लगाउँदै भैश्वेसोर चोकमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।
¥याली पछि जागरण अभियानको समापन कार्यक्रममा बोल्दै काग्रेस नेता एवं राष्ट्रिय जागरण अभियान रामेछाप प्रदेश ‘क’ को केन्द्रिय प्रतिनिधि देवी न्यौपानेले अहिलेको सरकारबाट संघियता नै खतरामा परेको आरोप लगाउनुभयो । उहाँले असोज ३ गते संविधान दिवसका दिन देशको विभिन्न भागमा संविधान नै जलाईनु कम्युनिस्ट सकारको कमजोरी भएको बताउनुभयो ।
त्यस्तै अर्का काग्रेस नेता बर्मा लामाले अहिलेको सरकार सर्वसत्ताबादको बाटो तर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो–‘अहिलेको सरकार प्रहरी प्रशासनमा कब्जा जमाउने, नायलयलाई प्रभावमा पारेर ठूल–ठूला काण्डामा सफाई दिलाउने, बल्तकारीलारीलाई जोगाउने, गुण्डाको नाईकेलाई जोगाउँदै अन्य सामान्य नागरिकलाई जेलमा सडाउने खेलमा लागेको छ, यस्तो गतिविधिले जनतामा त्रास फैलादै गएको छ ।’ दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको रामेछाप प्रदेश ‘ख’ को केन्द्रिय प्रतिनिधि समेत रहनुभएका लामाले सरकारको पछिल्ला गतिविधिले वर्षौ लगाएर ल्याएको लोकतन्त्र समेत खतरामा परेको आरोप लगाउनुभयो ।
पार्टी सभापति लबश्री न्यौपानेको अध्यक्षता, काग्रेस नेता देवी न्यौपानेको प्रमुख आथित्यता तथा अर्का काग्रेस नेता बर्मा लामाको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा पार्टी सभापति लबश्री न्यौपाने, सचिब लेख बाहादुर कार्की, रामेछाप प्रदेशसभा ‘ख’ का सभापति विनोद कार्की, रामेछाप नगरपालिकाकी उपप्रमुख एवं नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य सृजना खड्का लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।
वर्तमान सरकार इतिहासकै चरम भ्रष्टाचारी सरकार भयो : रामेछाप काग्रेस
यसैबीच अभियानको समापन पछि नेपाली काँग्रेसले पत्रकार मार्फत राष्ट्रिय जागरण र त्यसको प्रभावका बारेमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा समेत सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै रामेछाप काग्रेसले वर्तमान सरकार इतिहासकै चरम भ्रष्टाचारी भएको आरोप लगाएको छ । सरकारले जनतामाथि दमन गरेको, जनतालाई शान्ति सुरक्षा दिन नसकेको, सरकारले अपधारीलाई संरक्षण गर्दा हत्या हिंसा र बलात्कारका घटनाहरु बढेको साथै सरकारले कमिशन खाएर ठूला ब्यापारीबाट असुल गर्नुपर्ने अरबौं कर मिनाहा गरेको काँग्रेसको आरोप छ ।
सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनुका साथै न्यून आए भएका जनतालाई अस्वभाविक करको भार थोपरेको र महंगी बढाएको पनि आरोप लगाएको छ । नेपाली काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको रामेछाप काँग्रेसले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
भाद्र २४ गते विपी जयन्तीको अवसर पारेर राष्ट्रिय जागरण अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सुरु गरेको नेपाली काँग्रेसले मंगलबार समापन गरेको छ । सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले जानकारी गराउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया