करुण सिं बराईली, उमाकुण्ड- मंसिर १४ गते हुने उपचुनावको लागि रामेछापमा चार जनाको उम्मेद्वारी दर्ता भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उमाकुण्ड गाउँपालिकामा चारै जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
वडाध्यक्ष पदको लागि नेकपाबाट कुल बहादुर बस्नेत, नेपाली काग्रेसबाट सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट हर्क बहादुर तामाङले निर्धारित समयमै उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उमाकुण्डले बताएको छ ।
यस अघि नेकपाले जितेको उमाकुण्ड–५ प्रितिमा उपनिर्वाचनको लागि चार दलका उम्मेद्वारहरुले आ–आफ्नो उम्मेद्वारी दर्ता गराए पनि २०७४ को स्थानीय तहको निर्वाचनमा जस्तै नेकपा र नेपाली काग्रेस बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपाबाट उम्मेद्वारी दर्ता गराउने कुल बहादुर बस्नेत यस अघि कार्यवहाक वडाध्यक्ष रहनुभएको थियो भने नेपाली काग्रेसबाट उम्मेद्वारी दर्ता गराउने सावित्री सुनुवार लामो समय देखि गाउँमै बसेर सामाजिक सेवामा क्रियाशिल हुनुहुन्छ । त्यसकारण पनि यो चुनावमा दुई दलको कडा प्रतिस्पर्धा हुने बताईएको छ ।
यो बारेमा तपाईको प्रतिकृया