Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘महिला हिसां विरुद्ध मेरो उम्मेद्वारी’ : सावित्री सुनुवार

नेपाल अभियान नेपाल अभियान
३ मंसिर २०७६, मंगलवार
in राजनीति
0
1.1k
SHARES
Share on FacebookShare on Twitter

उमाकुण्ड- आगामी मंसिर १४ गते हुने उपचुनाबले रामेछाप जिल्लालाई पनि तताएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितिमा वडा अध्यक्षको उपचुनाव हुँदै छ । डेढ वर्ष अघि वडा अध्यक्ष कुवेर खत्रीको मृत्यु भए पछि चुनाव हुन लागेको हो । वडाध्यक्ष पदका लागि प्रमुख दल नेकपा, नेपाली काग्रेस, समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ले आ–आफ्नो उम्मेद्वार अगाडी सारेर ब्यापक प्रचारप्रसारमा लागेका छन् । यसै विषयमा रहेर नेपाली काग्रेसबाट अध्यक्षको पदमा उम्मेद्वारी दिनुभएकी सावित्री सुनुवारसँग नेपाल अभियानले कुरकानी गरेको छ । उहाँसँग गरिएको सम्पादित कुराकानीलाई प्रस्तुत गरिएको छ :

सावित्री जि तपाई मंसिर १४ गते हुने उपचुनावमा अध्यक्ष पदको लागि होमिनु भएको छ, केका लागि तपाईको उम्मेद्वारी

जब म समाजलाई बुझ्ने भएँ तब देखि म समाज सेवामा नै लागि रहेको छु । समाज सेवामा लागेको मानिसले समाजलाई ऐनामा आफ्नो अनुहार देखे जस्तै गरी छर्लङ्ग देखेको हुन्छ । म मेरो गाउँको सबैको घर–घरमा पुगेको छु, त्यस ताका देखि नै म त्यहाँ हुने हरेक कुराको प्रत्यक्षदर्शी जस्तै छु । खासगरी गाउँमा जाँदा हिसांमा परेका महिला दिदीबहिनी बढी भेटिनुहुन्छ । उहाँहरुले जनप्रतिनिधिहरु त पाउँनुभयो तर आफूहरु हिसांमा परेको पीडा बुझ्ने जनप्रतिनिधि पाउनुभएन । जसरी बिरामीको रोग पत्ता लगाउन डाक्टर नै चाहिन्छ, त्यसरी नै महिलाहरुको पीडा बुझ्न महिला नेतृत्व आवश्यक छ । त्यसकारण पनि महिला हिसांमूक्त वडा बनाई महिला सशक्तिकरणका लागि मेरो उम्मेद्वारी हो ।

तपाईले भनेको समस्या नभएकोत हैन, तर महिलाको मात्रै मुद्दा उठाएर तपाईलाई कसरी पत्याउँछन् जनताले ?

हामी सामाजिक सेवामा लागेको मान्छेले आवश्यकतालाई पहिचान गर्न सकेनौ भने समाजमा कहिल्यै विकास हुँदैन् । समाजमा भएका विकृति र विसंगतीलाई हटाउन सकेनौ भने कहिल्यै समाज परिवर्तन हुँदैन । सदियौं देखि विभेदमा परेका वर्गलाई माथी उठाउन सक्यौं भने त्याहिबाट सुरु हुन्छ विकासको यात्रा । त्यसैले महिला, जनजाति, दलित लगायत पिछाडी पारिएका वर्गलाई समाजमा सहजै जीवन यापन गर्न सक्ने बनाउने मेरो मेरो मुख्य लक्ष्य हो । यो हुने वित्तिक्कै चौतर्फी विकासको यात्रामा समाज अगाडी बढ्छ र हामीले कल्पना गरेको सभ्य समाज निर्माण हुन्छ ।

अरु के–के छन् तपाईका योजनाहरु ?

मैले यस अघि पनि साजिक अभियान्तको रुपमा काम गर्दा समाज सुधारसँगै विकासको लागि धेरै अभियानहरु थालेको थिएँ तर त्यसलाई कार्यन्वयन गराउनको लागि की नेतृत्वमा आफै हुनुपर्ने रहेछ की कार्यन्वयन गराउने निकायले त्यसलाई कार्यन्वयन गराउनु पर्ने रहेकछ । तर स्थानीय सरकार आउनु भन्दा पहिल र अहिले स्थानीय सरकार आएको तीन वर्ष पुग्दा समेत नत कुनै सुधारका काम भएका छन्, नत दिर्घकालिन योजना नै अगाडी बढेका छ । वडाको प्रत्येक नागरिकको घरमा दैनिक जसो म पुगेकाले त्यहाँका सबै समस्या र त्यसलाई समधान गर्ने एउटा सिंगो योजना म सँग छ । तिनै योजनाहरु लिएर म जनताको घरमा जादैँछु । मेरा योजनालाई छोटकारीमा यसरी प्रस्तुत गर्दछु ।

–राज्यले करौडौ लगानी गर्दा पनि सुधार हुन नसकेको शिक्षालाई गुणस्तरिय शिक्षा बनाई बालबच्च पढाउनकै लागि शहर पसेका परिवारलाई गाउँ फर्काउने वातारवरण बनाउने ।

– आधारभूत स्वास्थ्यबाट बञ्चित आम नागरिकलाई आफ्नै वडामा सहजरुपमा स्वास्थ्य सेवा दिनको लागि दिर्घकालिन स्वास्थ्य योजना ल्याउने ।

– स्वच्छ खानेपानीबाट बञ्चितमा परेको बस्ती सम्म स्वच्छ खानेपानी पु¥याउने ।

– महिला हिसां मूक्त वडा बनाई महिला सशक्तिकरणलाई प्राथमिकता दिने ।

– महिला, जनजाति, दलित लगायत पिछाडी पारिएका वर्गलाई समाजमा सहजै जीवन यापन गर्न सक्ने बनाउनेछु

– गाउँमै रोजगारी नपाएर बैदेशिक रोजगारीमा गइरहेका युवालाई गाउँमै रोजगारीको लागि कृषि, पशुपालन, गाउँमा सञ्चालनमा आएका विभिन्न विकासे काममा युवाहरुको सहभागिता गराइ रोजगारीको ग्यारेन्टी

– गाउँमा उत्पादन भएका कृषि जन्य बस्तुलाई किसानको आम्दानीको लागि बजारको व्यवस्थापन गरी कृषि मार्फत आयआर्जनको बाटो खोजिने ।

– वडा विकासमा आउने सरकारी बजेटलाई आवश्यकताको आधरमा सहभागितमूलक छलफलबाट स्थानीयको माग बमोजिम परिचालन गरिने ।

– सडक संजालले जोडिन बाँकी ठाउँमा बैज्ञानिक ढंगले सडक पु¥याउने, यस अघि सडकको ट्याक खोलिएका ठाउँमा नियमित रुपमा सवारीका साधान र ढुवानीका साधानहरु चलाउने गरी सडकलाई कालो पत्रे गर्ने गरी दिर्घकालिन योजना अगाडी सार्ने । यी बाहेक धेरै योजना छन् जसले आम नागरिकको आवश्यकतालाई पुरा गर्न मद्धत पुर्याउँदछ ।

यस अघि पनि यहाँको पार्टीले पराजितको स्वाद चाखिसकेको छ, अहिलेत झन दुई पार्टी मिलेर एक पार्टी बनेको छ । के तपाईलाई आफूले जित्छु जस्तो लाग्छ ?

कुनै पनि चुनाव या प्रतिस्पर्धामा मानिसले कहिल्यै जित्ने हैन् । उसको योजनाले जित्ने हो । मैले अगाडी सारेका योजनाहरु मेरो व्यक्तिगत हैनन् यहाँका आम नागरिकका समस्यालाई समधान गर्ने योजना हुन् । यस अघि मैले भनेका योजनालाई सफल बनाउनेमा ममा दृढ विश्वास छ । त्यसैले पनि मेरो जित निश्चित छ । किनकी यस अघि तपाइले कुरा गेरका नेकपाको साथीले जित्नुभएको थियो, चुनाव जितेको डेढ बर्ष वित्न नपाउँदै प्रतिबद्धताहरु कुनै पनि सुरु नगरी यो धर्ती छोडेर जानुभयो । त्यस पछि जसले कार्यवहाक वडाध्यक्ष भएर काम गर्नुभयो उहाँले पनि जनताको अपेक्षा अनुसार काम गर्नुभएको छैन् । जसको कारण उहाँहरु जनताको मनबाट बाहिरिसक्नुभयो । तीन वर्ष पार गर्दा समेत जनताले महसुस गर्ने कुनै पनि काम नगरेका जनप्रतिनिधिलाई जनताले राम्रोसँग चिनेका छन् । त्यसको परिणाम हेर्न धेरै समय कुर्नु पर्दैन मंसिर १४ गतेको अग्निपरिक्षाले छर्लङ्ग पार्नेछ ।

अन्तिममा तपाईको केही भन्नु छ कि ?

म धेरै कुरा गरेर जनतालाई भुलभुल्यैयामा पार्ने मान्छे हैन् । मैले जनतामाझ अगाडी सारेका योजनाहरु जनताकै लागि हुन् । त्यसैले म यो तपाईको लोकप्रिय अनलाईन मार्फत उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितिका आम जनतलाई तपाईहरुले पाएका अधिकारलाई कार्यान्वयन गराउनको लागि मलाई मतदान गरी जिताउनुहुन हार्दिक अनुरोध गर्दछु ।

Share978Tweet45Share13

Related Posts

देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३ मंसिर २०७६, मंगलवार
मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा
आधारभूत

मन्थली नगरको छैटौ अधिवेसन पुस २५ मा

३ मंसिर २०७६, मंगलवार
एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान
देश

एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान

३ मंसिर २०७६, मंगलवार
दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा
कारोबार

दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा

३ मंसिर २०७६, मंगलवार
विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त
देश

विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त

३ मंसिर २०७६, मंगलवार
अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग
देश

अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग

३ मंसिर २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.