मन्थली- नेपाली काग्रेसका नेता प्रदिप पौडेलले एमसीसीमा काग्रेसको समर्थन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले नेपाली काग्रेसको सरकार भएको बेला सम्झौता गरिएको र एमसीसी देशकै हितमा भएकाले काग्रेसको समर्थन रहेको बताउनुभएको हो ।
नेकपाका केही नेताले त्यसलाई गलत तरिकाले व्याख्य गरेर सम्झौता रद्द गर्ने खेलमा लागेको आरोप लगाउँदै नेता पौडेलले बाहिरा हल्ला आए जस्तो एमसीसीमा अमेरिकी सेना नेपाल ल्याउने कुरा उल्लेख नभएको प्रष्ट पार्नुभयो । सरकारले एमसीसीको बारेमा विज्ञहरुको टोली राखेर थप अध्ययन गरी त्यसको यथार्थ बाहिरा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
फरक प्रसंगमा नेता पौडेलले नेकपाको सरकार भ्रष्टाचारलाई नीतिगत रुपमै पास गराउने गरी संविधानमा भएका व्यवस्थालाईनै कुल्चदै विभिन्न निर्णय गर्नमा लिप्त भएको आरोप लगाउनुभएको छ । ठूलठूला भ्रष्टाचारलाई ढाकछोप गर्दै केही भ्रष्टाचारमा काग्रेसलाई मुँछ्ने खेलमा अहिलेको सरकार अग्रसर भएकाले त्यसको विरोधमा काग्रेस संसदमा कडा रुपमा प्रस्तुत हुने नेता पौडेलको स्पष्टोउक्ती थियो । संविधानमा वैयक्तिक स्वतन्त्रता, व्यक्तिगत अधिकार लगायतका कुरा प्रष्ट रुपमा उल्लेख हुँदा हुँदै वैयक्तिक स्वतन्त्रलाई समेत असर पार्ने गरी नेकपाको सरकारले विधेकहरु ल्याएर व्यक्तिको मानअधिकार हनन गर्न लागी परेको उहाँको भनाई रहेको छ ।
त्यस्तै संवैधानिक अगं, नेपाली सेना, प्रहरी–प्रशासन, कर्मचारीतन्त्र लगायतका ठाउँमा समेत नेकपाकरण गर्दै आफ्ना मान्छे भर्ती गर्न अहिलेको सरकार खुलेआम लागी परेको उहाँको दावी रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया