Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वाणिज्य संघको निर्वाचनले नेकपा रामेछापमा ल्याएको भूकम्प

बद्री नयाँघरे बद्री नयाँघरे
७ माघ २०७६, मंगलवार
in राजनीति
0
576
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- आईतबार सम्पन्न रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनको परिणामले नेकपा रामेछापको पार्टी पंक्तीमा ठूलै भूकम्प गएको छ । सोमबार प्राप्त संघको परिणाम पछि आफ्नो प्यानलले सबै पद जितेर अध्यक्ष पदमा पराजय व्यहोरेको विषयलाई नेता तथा कार्यकर्ताहरुले बहसको विषय बनाए सँगै पार्टीमा भूकम्प गएको हो ।

संघको निर्वाचनमा पार्टीको समर्थनमा महासंघको पूर्व महासचिब जगन्नथ दाहलको नेतृत्वमा पार्टीको सहमतिकै आधारमा सिङ्गो प्यानल निर्वाचनको मैदानमा उत्रिएको थियो । निर्वाचनबाट बरिष्ठ उपाध्यक्ष, महासचिव लगाएत १२ जनाको प्यानले नै जितेर अध्यक्ष पदका प्रत्यासि जगन्नाथ दाहाल आफ्ना निकटतम प्रतिद्वन्दी केशब प्रसाद घिमिरे भन्दा  ९ मतको फरकले पराजय भएपछि उक्त पराजयको बहस पार्टी भित्र मात्रै नभएर बजारका चिया पसल र चोकचोकमा हुन थालेको छ ।

जुन कुराको पुष्ट्याई सोमबार मन्थलीको विजयी जुलुसमा पार्टीका कार्यकर्ताले लगाएको नाराले गरेको थियो । जसमा भनिएको थियो “आमा बुवा दाजु–भाई धन्यवाद छ सबैलाई, अन्तरघाती र्याली छोड ।” उनिहरुको आक्रोस नेकपाका नेता तारानारायण श्रेष्ठ लक्षित थियो । निर्बाचन परिणामबाट दुखी बनेका नेता तथा कार्यकर्ताहरुले  सामाजिक संजालमा पनि पार्टी नेताहरुको अन्तरघातले आफ्नो प्यानलले अध्यक्ष पद गुमाउनु परेको र अन्तरघातीलाई कारबाही गर्नका लागि उनिहरुले आक्रोषित भावका साथ नेतृत्वलाई खवरदारी जनाएका छन् । जुलुसमा जिल्लाको पार्टीको शिर्ष नेताहरुले खुलेर गरेको अन्तरघातको कारण अध्यक्ष पद आफूरुले गुमाउनु परेको उनिहरुको आरोप छ । नेकपाका अधिकासं नेता तथा कार्यकर्ताहरुले पूर्व माओवादीका नेता एवं संबिधान सदस्य तथा  नेकपका बाग्मती प्र्रदेश सदस्य तारानाराएण श्रेष्ठ माथि लगाएका छन् । आरोप लगाउने हरुमा पूर्व माओवादीका कार्यकर्ताहरु पनि रहेका छन् ।

सामाजिक संजालमा निर्वाचनमा अन्तरघातका कारण  पराजय ब्यहोरेको उल्लेख गरेका पूर्वा माओबादिका नेता हाल जिल्ला सचिवालय सदस्य समेत रहेका प्रज्ञान खड्काले भने – ‘तारा नारायणको निर्देशनमा भएको अन्र्तघातका कारण हामीले अध्यक्ष पद गुमाउनु परेको हो । त्यसको प्रमाण हामी सँग छ । यस्ता अन्तरघाती र उनको निर्देशनमा चल्ने कार्यकर्तालाई समेत पार्टीले  कडा कारबाही गर्नु पर्छ ।’ खड्का बाहेक बाणिज्य संघको निर्वाचनमा अन्तरघात भएको भन्दै सामाजिक संजाल मार्फत अन्तरघातीलाई कारबाहीको माग गर्नेहरुको संख्या निकै ठुलो रहेको नेकपाका अर्का नेता कृष्ण बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्तो अन्तरघाती रबैया कम्युनिस्ट पार्टीमा चल्न सक्दैन ।’ जिल्ला नेता प्रकास कार्की, विद्यार्थि नेता प्रवल सुबेदी, पुष्कर भट्राई, नविन कार्की लगाएतका दर्जनौ नेता तथा कार्यकर्ताहरुले पनि  नेतृत्व माथि अन्तरघातीहरुलाई कारबाही हुनु पर्ने भन्दै दबाव दिन थालेका छन् । जिल्ला नेता कृष्ण बहादुर थापा लगाएतको टोलीले त पार्टी ईन्चार्ज देबशंकर पौडेललाई भेटेर श्रेष्ठलाई कारबाही नगरे आफूहरुले संयुक्त रुपमा पार्टी छाड्ने धम्की समेत दिई सकेका छन् । जसका कारण पार्र्टी भित्र ८ रेक्टर बराबरको भूकम्पले हलचल ल्याएको अनुभुती भएको श्रोतले बताएको छ ।

यस बारेमा आरोप लगाईएका समूहका नेता तारानाराययण श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले पनि निर्वाचनमा केही साथीहरुबाट अन्तरघाती भएको कारण निर्वाचनमा आफ्नो पार्टीको समूहले अध्यक्ष पद गुमाउनु परेको स्वीकार गर्नुभयो । उहाँले अन्य पदाधिकारीहरु अधिकासंले प्यानलगत रुपमा ५ सय भन्दा बढी मत ल्याएर निर्बाचित भएको अबस्थामा अध्यक्ष र एक जना सदस्यले परजय भोग्नु लाजमर्दाे कुरा भएको पनि बताउनुभयो । आफ्नो विषयमा साथीहरुबाट अन्तरघात भएको भन्ने कुरा उठेको भए त्यो कुरालाई प्रमाणित गरेर देखाउन चुनौती पनि दिनुभयो । उहाँले भन्नुभयो –‘मैले यो निर्वाचनमा मात्र हैन मेरो जिन्दगीभरी पनि यस्तो काम गर्न सक्दिन् । यदि कसैले त्यसो गरेको प्रमाणित  गर्छ भने आफू कारबाही भोग्न तयार छु ।’

सोही विषयलाई लिएर नेता कार्यकताबाट ब्यापक दबाव आएपछि जिल्ला हेडक्वाटरले मंगलबार बिहान आकस्मीक बैठक बसेर छलफल समेत गरेको श्रोतले बताएको छ । यस बारेमा पूर्व सांसद एवं नेकपका जिल्ला ईन्चार्ज देबशंकर पौडेल र जिल्ला अध्यक्ष मैन कुमार मोक्तानसँग संम्पर्क गर्दा उनिहरुले एकै किसिमको जवाफ दिए । दुबैले निर्बाचनमा अन्तरघातका कारण प्रगतिशिल प्यानलले अध्यक्ष पद गुमाउनु परेको कुरा स्वीकार गर्दे कार्यकर्ताहरुबाट पनि अन्तरघातीलाई कारबाहीको लागि दबाव आएको बताए । तर पात्रको बारेमा भने पुष्टी भइनसकेको उनिहरुको भनाई रहेको छ । त्यस बारेमा पार्टी नेतृत्वले छानविन गरि प्रमाणका आधारमा मात्र बोल्नु पर्ने भएकोले छानविन पछि मात्र कोबाट कति अन्तरघात भयो भन्ने विषयमा बोल्न मिल्ने उनिहरुले बताए । अन्तरघातको बिषयलाई पार्टीले गम्भिर रुपमा लिएको ईन्चार्ज पौडेलले बताउनुभयो ।

Share230Tweet144Share40

Related Posts

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

७ माघ २०७६, मंगलवार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

७ माघ २०७६, मंगलवार
सुनकोसीमा ३५ जना प्रबेश
राजनीति

सुनकोसीमा ३५ जना प्रबेश

७ माघ २०७६, मंगलवार
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि
राजनीति

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

७ माघ २०७६, मंगलवार
राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

७ माघ २०७६, मंगलवार
संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला
राजनीति

संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला

७ माघ २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.