Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोइराला जन्मथलोको माटो समाएर शशाकंको कसमः ‘काग्रेसलाई एक ढिक्का बनाउँछु’

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ माघ २०७६, आईतवार
in राजनीति
0
286
SHARES
Share on FacebookShare on Twitter

सिन्धुली- नेपाली काग्रेसका महामन्त्री डा. शशाकं कोइरालाले आफ्नो पूर्खा जन्मेको ठाउँको माटोलाई साक्षी राखेर अबको महाधिवेशनमा काँग्रेसलाई एक ढिक्का बनाउने बाचा गर्नुभएको छ । आफ्नो हजुरबुबा कृष्ण प्रसाद कोइराला जन्मेको ठाउँ सिन्धुलीको दुम्जामा पुगेर महामन्त्री कोइरालाले आफ्नो पिता वीपी कोइरालाको एकताको नीतिलाई समेत सम्झिँदै अबको महाधिवेशनमा काग्रेसलाई एक ढिक्का बनाएर देशकै प्रथम पार्टी बनाउने बाचा गर्नुभएको हो ।

‘दुम्जा जाऊँ पिताजी कृष्ण प्रसाद र बि पी कोईराला चिनौ, दुम्जालाई राजनीतिक तीर्थको रूपमा बिकास गरौ’ भन्ने नाराका साथ शुक्रबार वीपी कोइराला प्रतिष्ठान रामेछापले सिन्धुलीको सुनकोसी गाँउपालिका–१ दुम्जामा आमसभा आयोजना गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काले वीपी कोइरालाको भनाई –‘तिमीलाई कर्तव्य वा अकर्तव्यमा द्विविधा भयो भने, आफूले टेकेको एक मुठी माटो हातमा लिएर सोध’ भन्ने भनाई अहिलोको काँग्रेमा लागु गर्ने बेला आएको भन्दै महामन्त्री कोइरालाई वीपीको पिता कृष्ण प्रसाद कोइराला जन्मेको ठाउँको एक मुठी माटो उपहार दिनुभएको थियो । माटो हातमा लिँदै महामन्त्री कोइरालाले काँग्रेसलाई एक बनाउनको लागि आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै महामन्त्री कोईरालाले कृष्ण प्रसाद कोइराला जन्मेको ठाउँमा आफू पहिलो पटक आएको बताउँदै भन्नुभयो –‘कृष्णप्रसाद कोईरालाको भत्किन थालेको घर हेरे, धेरै पुरानो सम्झना आयो । त्यसको संरक्षमा अब हामी पनि ध्यान दिन्छौ, काँग्रेसको सरकार आए पछि दुम्जाको सडकलाई पहिलो प्राथमिकतामा राखेर पिच गर्छौ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले संस्थागत भइरहेको भ्रष्टाचारमा प्रधानमन्त्री र मन्त्रीहरुनै खुलेआम रुपमा लागेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारले गरेका विभिन्न गतल काममा आफ्नो पार्टी पनि मुखदर्शक भएर बस्नु परेको बताउनुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्ट सरकारले सूचना प्रविधि विधेयक ल्याउँदै व्यक्तिको निजत्व खोस्ने खेलमा लागेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार लोकतन्त्रलाई खतरामा पार्ने खेलमा लागेको आरोप समेत लगाउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रमा श्याम घिमिरे, प्रदेश सभा सदस्य राधा घले, संविधानसभा सदस्य तीर्थ लामा, नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल, रामेछापका शभापती लवश्री न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाली काग्रेसका सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share114Tweet72Share20

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१९ माघ २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१९ माघ २०७६, आईतवार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१९ माघ २०७६, आईतवार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१९ माघ २०७६, आईतवार
मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक
राजनीति

मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक

१९ माघ २०७६, आईतवार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

१९ माघ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.