रामेछाप- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बिजय कुमार गच्छदारमाथि पूर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाउनुभएको छ । शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको शववहान तथा एम्बुलेन्स हस्तान्तरण समाहरोह कार्यक्रममा बोल्दै सभापति देउवाले नेकपाका नेता जति सबै उम्कने तर काग्रसका नेता माथि मात्रै भ्रष्टचारको मुद्दा चलाउँनु सरकारको गलत नियत भएको बताउनुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई चेतावनी समेत दिनुभयो । उहाँले पार्टीका उपानेता गच्छदारमाथि षड्यन्त्रपुर्ण र अन्यान्यपुर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन केपी ओली नेतृत्वको सरकारलाई आग्रह पनि गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाउँनु कांग्रेसका लागि मान्य नहुने बताउनुभयो । तत्कालिन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रीमण्डले नितिगत निर्णय गर्ने र नेकपा महासचिव पौडेलको सिरानीमुनी छोराको नाममा सरकारी जग्गाको लापुर्जा भेटीने तर भ्रष्टाचार मुद्दा चाहि गच्छदारलाई मात्रै लगाउँनुमा अहिलेको सरकारको नियत गलत भएको उहाँको भनाई रहेको छ ।
शेर बहादुर तामाङ स्मृति प्रतिष्ठानका सदस्य एवं काँग्रेस नेता पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा पटक–पटक गरी १३ ओटा एम्बुलेन्स र एउटा सवबहान आफ्नो व्यक्तिगत खर्चमा वितरण गरीसक्नुभएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्धार बन्नुभएका नेता तामाङले आफू पराजित भए पनि चुनावी अभियानमा गाउँमा जादाँ बोलेका बाचा पूरा गर्दै गएको र आगामि दिनमा पनि जिल्लामा आपत्त पर्दा सहयोग गर्ने उहाँको भनाई रहेको छ । समाजसेवी तामाङले मन्थली नगरपालिकालाई एउटा सवबहान, दोरम्बाको लखनपुर थापाडाडा, गागल–पिङ्खुरी–पुरानागाउँ–चनखु, गोकुलगंगाको फर्पु र मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पताललाई एक–एक ओटा एम्बुलेन्स दिनुभएको छ ।
पूर्ण बहादुर तामाङ कान्छारामको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, पूर्वसभापति रामचन्द्र खड्का, रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगर, उपप्रमुख सृजना खड्का, महाधिवेशन प्रतिनिधिहरु अर्जुन केसी, विर बहादुर तामाङ, ध्रुर्व लामा, महिला संघकी सभापति एवं महाधिवेशन प्रतिनिधि गंगा अधिकारी, पार्टी सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, रामेछापका पार्टी प्रवक्ता नारायाण बहादुर खड्का, नेपाल तरुणदल रामेछापका अध्यक्ष दिनेश खड्का, मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नाराणदाश श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया