रामेछाप- नेपाल तरुण दलले सुनापति गाउँपालिकामा पालिका स्तरिय कार्य समिति चयन गरेको छ । शनिबार सुनापतिमा भएको तरुण भेला तथा कार्यसमिति विस्तार कार्यक्रममा सुरेन्द्र तामाङको अध्यक्षतामा १३ सदसिय कार्यसमिति चयन भएको हो । त्यस्तै पदाधिकारीहरुमा सुमन खड्का उपाध्यक्ष, युवराज गौतम सचिव, संगिता योञ्जन सहसचिब र प्रविण तामाङ कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः अमृत भुजेल, प्रताप तितुङ, हिरामान घिसिङ, कपिल तामाङ, पारस यसमली मगर, प्रभाकर त्रिपाठी र रोज लामा रहेको नेपाल तरुण दल रामेछापका सचिब जीवन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भेलाले सुनापति गाउँपालिका वडा नम्बर १ को तरुण अध्यक्षमा सरोज अस्थानी मगर, वडा नम्बर ४ को अध्यक्षमा साजन तामाङ र वडा नम्बर ५ को अध्यक्षमा रबिन्द्रराज कोइरालालाई चयन गरेको छ ।

निर्वाचित अध्यक्ष तामाङले तरुणको संगठनलाई थप सशक्त बनाएर लैजाने बताउनुभयो । अध्यक्ष तामाङ यस अघि सुनापति गाउँलालिकाको तरुण दलका संयोजक समेत हुनुहुन्थ्यो । कार्यसमिति विस्तार कार्यक्रममा नेपाली काग्रेस रामेछापका पार्टी सभापति, पूर्व पार्टी सभापित रामचन्द्र खड्का, नेपाल तरुण दल रामेछापका अध्यक्ष दिनेश खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यो बारेमा तपाईको प्रतिकृया