रामेछाप- नेपाल दलित विद्यार्थी संघ रामेछापको जिल्ला कार्यसमिति गठन एवं प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रकाश विकको अध्यक्षतामा १७ सदसिय कार्यसमिति गठन भएको हो । समितिको पदाधिकारीमा सरोज परियार उपाध्यक्ष, सर्मिला बिसुन्के सचिब, लच्चित नेपाली सहसचिब र सविता बसेल कोषाध्यक्षमा रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः हेम माया नेपाली, बिमला नेपाली, रोजिना तिरुवा, गिता कुमारी वस्याल, अस्मिता नेपाली, लक्ष्मी नेपाली, बलराम विक, मनिता नेपाली, रबिन गजमेर र सुकदेब विक चयन भएका छन् ।
नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य सविन विश्वकर्माको अध्यक्षता, नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यता र नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
नवनिर्वाचित अध्यक्ष प्रकाश विकले नेपाल दलित विद्यार्थी संघको विधि र विधानभित्र रहेर संघको हकमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया