रामेछाप- नेपाल तरुण दल रामेछापले संघीय संरचना अनुसार स्थानीय तहहरुमा आफ्नो संगठन विस्तारलाई तिब्र बनाएको छ । केही समय अघि मात्रै सुनापति गाउँपालिकामा समिति बनाएको तरुण दल रामेछापले शुक्रबार दोरम्बा गाउँपालिकामा नयाँ कार्यसमिति गठन गरेको छ ।
प्रेम थापामगरको अध्यक्षतामा १९ सदसिय कार्यसमिति गठन गरेको हो । सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा बिन्देश्वर लामा र मिलन घिसिङ, सचिवमा अनिल लामा, सहसचिवमा सागर लामा र कोषाअध्यक्षमा नैन बहादुर नगरकोटी रहेका छन् । त्यस्तै सदस्यहरुमा त्रक्रमशः मान बहादुर थापामगर, सुन्दर मोक्तान, राजन तामाङ, रुपलाल लामा, बम बहादुर थामी, दल बहादुर मगर, लाल दोर्जे तामाङ, निमा घिसिङ, बसन्त मोक्तान, हस्त बहादुर लामा, हेम लाल लामा, ज्ञान बहादुर रिजाल, बाबु लाल तामाङ र बीबी लामा योञ्जन रहेका छन् ।
यस अघि दोरम्बा गाउँपालिकाको तरुण संयोजक समेत रहनुभएका प्रेम थापामगरको अध्यक्षता तथा नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष काजी बहादुर खड्का दिनेशको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का दिनेशले तरुणमाथि जुनसुकै प्रहार भए पनि सत्यको पक्षमा बोल्ने तरुण दलनै भएकाले पालिका स्तरमा गठन भएको नेपाल तरुण दलले स्थानीय तहमा देखिएको अनियमितता रोक्नको लागि आवाज उठाउने बताउनुभयो ।
सबै स्थानीय तहमा समिति गठनको कामलाई तिब्र बनाएको तरुण दल रामेछापले गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकामा समिति बनाउन बाँकी रहेकाले दुई स्थानीइ तहमा चाँडै समिति गठन गरिने नेपाल तरुण दल रामेछापका सचिब जीवन कार्कीले बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस दोरम्बा गाउँपालिकाका पार्टी सभापति लब थापामगर, नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बन्नुभएका मान बहादुर लामा लगायतको सहभागिता रहेको थियो । समित गठन कार्यक्रममा नेकपा परीत्याग गरी छत्र बहादुर थापामगर नेपाली काग्रेसमा प्रवेश गर्नुभएको छ ।
यो बारेमा तपाईको प्रतिकृया