Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कान्छाराम- विर्खेश्वर कम्पनीको आरोपः ‘नियोजित तरिकाले चरित्र हत्या गर्ने गरी अतिरञ्जित समाचार आयो’

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०७६, शुक्रबार
in प्रहरी-प्रशासन, राजनीति
0
342
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप र सोलुखुम्बुको सिमा भएर बग्ने लिखुखोबाट विद्युत उत्पादन गर्ने गरी दुगड ग्रुपका सहायक कम्पनीहरुले काम गरिरहेका छन् । त्यसै मध्येको दुई कम्पनी हुन पान हिमालयन इर्जी प्रालि र ग्लोबल हाइड्रो पावर एसोसेसन प्रालि । दुबै कम्पनीको समित्व रहेको हाइड्रोको काम उमाकुण्डको ठाडोखोला देखि सोलुखुम्बुको मार्वु दोभान सम्मको सडक निर्माणसँगै सोलुखुम्बु र रामेछाप जोड्ने पुल निर्माणको जिम्मा कान्छाराम कन्सट्रक्सन एण्ड बिर्खेश्वर प्रालि जेभीले पाएको थियो ।

कान्छाराम कन्सट्रक्सन एण्ड बिर्खेश्वर प्रालि जेभीलले कामको जिम्मा लिइसकेपछि पेटी ठेक्काको काम गर्ने तेज बहादुर तामाङले ‘म काम गर्छु काम दिनुपर्‍यो’ भन्दै आएकाले काम दिइएको तर तामाङले काम गरेको केही पैसा दिन बाँकी हुँदा राजनीति पूर्वग्राही राखेर एक व्यक्तिको चरित्र हत्या गर्ने गरी विभिन्न भ्रमहरु फैलाएको कम्पनीका निर्देशक रेख बहादुर खत्रीले बताएका छन् ।

निर्देक रेख बहादुर खत्रीले भने– ‘काम गरेको केही पैसा बाँकी थियो, हामीले पनि हाइड्रोपावरबाट पैसा लिएर दिने भएको हुँदा त्यहाँबाट पैसा आउन ढिला भएको कारण उहाँलाई पैसा दिन ढिला भएकै हो । उहाँले हामीले पैसा नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दिनुभएछ । त्यसमो हाम्रो कुनै आपत्ती छैन । तर उहाँलाई कान्छाराम कन्सट्रक्सन एण्ड बिर्खेश्वर प्रालि जेभीले ग्लोबल हाइड्रो पावरको जिम्मा लिएको काम गर्ने मुख्य जिम्मेवारी जेभी कम्पनीको म आफै रेख बहादुर खत्री, सुरज बस्नेत र पेम्बा शेर्पा हो भन्ने कुरा थाहा हुँदा–हुँदै पनि राजनीतिक पुर्वग्राही राखेर कम्पनीका मुख्य संचालक पूर्ण बहादुर तामाङ कान्छारामले कामदारको मुखमा लात हानेको भन्दै केही संचार माध्यम प्रयोग गरेर एक पक्षिय ढंगले उहाँको चरित्र हत्या हुने गरी अन्य ठाउँको समेत कुरालाई जोडेर समाच लेख्न लगाउनु भएछ । त्यो समाचार प्रति हाम्रो आपत्ती छ ।’

निर्देक खत्रीले थपे– ‘समाचार लेख्ने संचार माध्यमले पनि पत्रकारिताको मूल मर्मालाई बिर्सेर हामीसँग केही कुरा नबुझी एकपक्षिय ढंगले विषयबस्तु भन्दा बाहिरा रहेर लेनदेनको विषयबस्तुलाई तोडमोड बनाएर राजनीतिसँग जोडेर समाचार लेखे । समाजको ऐना भन्ने गरिएको संचार माध्यमले कारबाही गर्ने निकायनै आफै भए जसरी समाचार लेख्दा राजनीति पुर्वग्राही राखेर समाचार लेखेको जस्तो देखियो । समाचार लेख्न पाइन्छ । तर विषयबस्तुलाई तोडमोड गरेर कुनै व्यक्तिको चरित्र हत्या हुने गरी लेख्नु त्यो पत्रकारिताको आचरसंहिता भित्र पनि पर्दै भन्ने मलाई लाग्छ ।’

यसरी एक व्यक्तिको चरित्र हत्या गर्ने गरी तेज बहादुर तामाङले समाचर प्रकाशन गर्न लगाएको भन्दै कम्पनीका निर्देशक रेख बहादुर खत्रीद्वारा हस्तक्षरित एक विज्ञप्ती समेत कम्पनीले जारी गरेको छ ।

विज्ञप्ती

कामदारको पैसा नदिइएको विषयमा कान्छाराम कन्सट्रक्सन एण्ड बिर्खेश्वर प्रालि जेभीका संचालक रहेका पूर्ण बहादुर तामाङ कान्छारामले भने यो विषयमा पीडित तेज बहादुर तामाङले आफू माथी लगाएका आरोप सबै सत्य नभएको बताएका छन् । कुनै पनि कम्पनीहरु बीच जेभी गरेर काम गर्दा एउटा कम्पनीले सबै काम गर्ने जिम्मेवारी लिइएको हुने भएको हुँदा उक्त ठाउँको काम गर्ने जिम्मेवारी सहित आर्थिक कारोबार समेत सबै बिर्खेश्वर कम्पनीकै भएकाले त्यसको दोषी आफू नभएको दावी उनको रहेको छ । कामदारको पैसा दिनको लागि आफूले रेख बहादुर खत्री लगायतका व्यक्तिहरुलाई पटक–पटक अनुरोध गरेको पनि उनले बताए । तर संचार माध्यममा आफ्नो नाम जोडिएर आएको समाचार प्रति भने उनले समाचार तयार गर्दा आफूसँग पनि त्यसको यर्थात बुझेर लेखेको भए राम्रो हुने धारणा राखे ।

पटक–पटक गरी पैसा लगेका तेज बहादुरले बाँकी पैसा पनि लिए

२०७४/१२/०५ मा विभिन्न काम गर्ने गरी दुई पक्षबीच भएको सम्झौता अनुसार काम सम्पन्न गरेका तेज बहादुर तामाङले विभिन्न हिसाब देखएर २१ लाख ३६ हजार ९५ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।

निवेदन दिइएको केही समय पछि विहिबार बाँकी रहेको १२ लाख ७७ हजारको चेक जिल्ला प्रशासन कार्यालयको रोहवरमा काम गर्ने तेज बहादुर तामाङलाई कम्पनीका अर्का संचालक पेम्बा शेर्पाको नामबाट भुक्तानी दिइएको कम्पनीका निर्देशक रेख बहादुर खत्रीले बताए ।

निवेदक तेज बहादुर तामाङले निवेदनमा पाउँन बाँकी भनेर उल्लेख गरेको सबै रकम दिन बाँकी नभएको र केही कामको पूर्ण मुल्यांकन हुन बाँकी रहेकाले त्यसको मूल्यांकन गरेर भुक्तानी हुन बाँकी भए त्यो रकम समेत चाँडै उपलब्ध गराईने निर्देशक खत्रीले बताए ।

उता कामको जिम्मा लिएर काम गरेका निर्माण व्यवसायि तेज बहादुर तामाङले भने काम सकेको लामो समय हुँदा समेत पैसा नदिएको कारण प्रशासन गएको बताएका छन् । २१ लाख बढी भुक्तानी हुन बाँकी भन्दै जिल्ला प्रशासनमा निवेदन दिने तामाङले १२ लाख ७७ हजारको चेक पाएपछि अब करिव दुई लाख जती मात्रै रकम बाँकी भएको नेपाल अभियानलाई बताए ।

Share137Tweet86Share24

Related Posts

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

७ चैत्र २०७६, शुक्रबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

७ चैत्र २०७६, शुक्रबार
सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले
राजनीति

सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले

७ चैत्र २०७६, शुक्रबार
एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम
राजनीति

एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम

७ चैत्र २०७६, शुक्रबार
जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

७ चैत्र २०७६, शुक्रबार
कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

७ चैत्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.