ओखलढुङ्गा- नेपाल विद्यार्थी संघ ओखलढुङ्गाले जिल्लाका विद्यार्थीहरुमा कोरोना संक्रम देखिएमा पोषिलो आहारको लागि प्रति विद्यार्थी पाँच हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइसर (कोभिड–१९) बाट जिल्लाका सबै विद्यालयमा अध्ययनरत गरिव, अपाङ्ग र अशक्त विद्यार्थीहरुलाई फलफूल तथा पोषिलो आहारको लागि पाँच हजार उपलब्ध गराउने निर्णय भएको नेविसंघ ओखलढुङ्गाका सचिब कृष्ण सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै कोरोनाबाट बच्नको लागि सबै विद्यार्थीहरु आफैले सजगता अपनाउनु पर्नेमा जोड दिँदै सरकारले लगाएको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र गराउन विद्यार्थीहरुलाई महत्वपूर्ण भूमिका खेल्न समेत नेविसंघले अनुरोध गरेको छ ।
नेविसंघ ओखलढुङ्गाका अध्यक्ष रोशन महतरा र सचिब कृष्ण सुवेदीद्वारा हस्तक्षरित सहयोग सम्बन्धमा लेखिएको सूचनामा कोरोना नियन्त्रणमा अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै रोग फैलिन नदिनको लागि स्थानीय तहलाई थप व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया