रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापले भारतद्वारा नेपालको भूमी मिचिएको भन्दै सरकारलाई भूमी फिर्ता गर्न माग गर्दै प्रधानमन्त्रलिाई ज्ञापन पत्र बुझाएको छ । सरकारलाई भारतले मिचेको भूमी कुटनितिक पहल मार्फत चाँडो भन्द चाँडो फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत मंगलबार ज्ञापन पत्र बुझाएको हो ।
नेविसंघ रामेछापका सचिब विनोद बुढाथोकीद्वारा हस्तक्षरित ज्ञापनपत्रमा विगत ६ महिना पहिले कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई आफ्नो नक्सामा पारी भारतले प्रकाशित गरेपछि वर्तमान ओली सरकारले राष्ट्रियताको पक्षमा दृढ अडान नलिई भारतको सामू लम्पसार परेकाले वर्तमान यो स्थिति सिर्जना भएको नेपाल विद्यार्थी संघको ठहर रहेको छ ।
भारतले नेपाली भूमीमा भारतिय राजमार्गनै निर्माण गरीसकेपछि पनि राष्ट्रियताको पक्षमा दृढ अडान लिई उच्च कुटनितिक पहल गरी भारतलाई आफ्नो गल्ती सच्याउन बाध्य बनाउनुको सट्टा वर्तमान सरकार राष्ट्रियताको रक्षाको लागि सडकमा आएका नेपाली जनतालाई निर्मम दमन गर्दै उल्टै भारतलाई रिझाउन लागेको छ समेत नेविसंघले आरोप लगाएको छ ।
त्यस्तै ज्ञापनपत्रमा कोरोना परीक्षाणको दायरालाई बढाएर एक परिवार कम्तिमा एक जनाको स्वाब परीक्षाण गरी संक्रमितको पहिचान गरेर संक्रमण रोकथाम गर्नुपर्ने प्राथमिकतालाई लात हानेर पार्टीको गुटगत स्वार्थमा लिप्त रहेको ओली सरकारबाट राष्ट्रियताको संरक्षण सम्भव नभएको पनि नेविसंघ रामेछापले आरोप लगाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त ज्ञापन पत्र तत्काल सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।
नेविसंघ रामेछापका सचिब द्वोय विनोद बुढाथोकी, सुन्दर घिमिरे, कोषाध्यक्ष युवाराज सुवेदी, सहसचिब विमल पौडेल, नेविसंघ रामेछाप प्रदेश सभा ‘ख’ का अध्यक्ष उत्तम कार्की, नेपाल तरुण दल रामेछापका सहसचिव जीवन कार्की, सहिद स्मृती बहुमुखी क्याम्पस मन्थलीका सभापति सन्तोष सुवेदी, नेपाल तरुणदल उमाकुण्डका गाउँपालिकाका सचिव उपेन्द्र कार्की, नेविसंघ ओखलढुङ्गाका सचिब कृष्ण सुवेदी लगायत नेविसंघका विद्यार्थी नेताहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।
यो बारेमा तपाईको प्रतिकृया