रामेछाप- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सदन र सडकमा कुरा उठे जसरी सरकारले भ्रष्टाचार नगरेको दावी गर्नुभएको छ । रामेछापको मन्थलीमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा कोभिड–१९ का लागि १० अर्ब रकम बिभिन्न तरिकाले खर्च भैरहेको र त्यो पारदर्शि ढंगले सबैले जानकारी पाउने राज्य मन्त्री राउतले दावी गर्नुभएको हो ।
उहाँले सरकार अहिले कोभिड– १९ को सन्दर्भमा दृष्टिकोण बनाएर अगाडि बढिरहेको पनि बताउनुभएको छ । राज्यमन्त्री राउतले भारतबाट नेपाली नागरिकहरु फर्कने क्रमसँगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको बताउनुभयो ।
उहाँले रामेछापमा भएको पूर्वतयारीलाई केहि मात्रामा बृद्धि गर्न सके कोभिड १९ बाट त्यति धेरै डर मान्नु नपर्ने पनि बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सबैले उच्च मनोबलका साथ काम गर्ने हो भने कोरोना भाइरस बाट डराउनु पर्ने स्थिति नरहेको मन्त्रीको भनाई रहेको छ । मन्त्रालयले थप पिसिआर परीक्षण मेसिन किन्ने तयारी भैरहेको पनि उहाँले बताउनुभयो । कार्यक्रमका सहभागिहरुले जिल्ला जिल्लामा एक एक ओटा पिसिआर परीक्षणको मेशिन खरिद गर्न सहयोग गर्नुपर्ने, पिसिआर परीक्षणको रिपोर्ट चाडै आउने अबस्था सृजना गरिनुपर्ने र आरडिटि भरपर्दो र ब्यवहारिक नभएकोले त्यस्तो परीक्षण हटाइनु पर्ने माग गरेका छन् । मन्त्री राउतले जिल्लामा भएका क्वारेन्टाइन र आइसोलेशन कक्षको अबस्थाको बारेमा समेत निरीक्षण गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया