रामेछाप ९ मंङ्सिर । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको बैठक सोमवार सम्पन्न भएको छ ।
जिल्ला सभापति लवश्री न्यौपानेको अध्यतामा बसेको बैठकले यहि मंसिर मसान्त सम्ममा कृयासिल सदस्यता बितरण गर्ने निर्णय गर्नुका साथै भवन निर्माण द्धारा बैठकमा पेश भएको हाल सम्मको भवन निर्माणको कार्य प्रगतिको समिक्षा गरेको छ ।
बैठकले स्थानीय प्रशासनले नेपाल तरुण दलका सभापति काजी बहादुर खड्का (दिनेश) लगाएत ३ जनालाई ज्यान मार्ने उद्योगको झुटा मुद्दा लगाएर सुनियोजित ढंगले फसाउन खोजेको कार्य प्रति र नेकपा का जिल्ला सचिब तथा प्रदेश सांसद शान्ति प्रसाद पौडेलले नामाडि घट्ना सम्बन्धी दिएको अभिब्यक्ति प्रति आपत्ति जनाउने र प्रेस बिज्ञप्ती जारी गर्ने लगाएतका निर्णय गरेको छ ।
सभापति न्यौपानेका अनुसार कृयासिल सदस्यता बितरण का लागि सोमबारनै प्रदेश क र ख का सभापतिहरुले सदस्यता फाराम बुझिसकेका छन् ।
काँग्रेसको आसन्न अधिबेशनलाई लक्षित गरी कृयासिल सदस्यता बितरण सुरु गरिएको हो ।
यो बारेमा तपाईको प्रतिकृया