रामेछाप २८ मङ्सिर । नेपाली काँग्रेस रामेछापले आइतवार मन्थलीमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ ।
मन्थलीको विपी चोकबाट सुरुभएको जुलुसले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा आएर कोणसभा गरेको थियो ।
कोणसभामा बोल्दै पार्टी सभापति लवश्री न्यौपानेले अधिनायकवाद तर्फ उन्मुख हुदै गएको नेकपाको सरकारले राम्रो काम नगरेकोले काँगे्रसले चाह्यो भने कम्यूनिष्टलाई परास्त्र गर्न सक्ने वताउनु भयो । उहाले राणाहरु र राजा फाल्ने काँग्रेसलाई ख्याल ख्याल नसोच्न पनि चेतावनी दिनुभयो ।
कम्यूनिष्ट सरकारको अधिनायकवादको बिरोधमा काँग्रेसले देशभर मंसिर २९ गते जनप्रदर्शनको तयारी गरिरहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया