रामेछाप १६ पुस । नेपाली काँग्रेस रामेछापले सोमबार सदरमुकाम मन्थलीमा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनाएको छ । नेपाली काँगेसका संस्थापक नेता विपी कोईराला २०३३ पुष १६ गते मुलुकमा आफ्नो टोली सहित राष्ट्रिय एकता तथा मेलमिलाप आवश्यक्ताको महसुस गरी नेपाल फर्केको दिनको सम्झनामा काँग्रेसले आज सो दिवश मनाएको हो ।
आरम्भमा विपी चोकमा रहेको विपी कोईरालाको शालिकमा माल्यार्पण गरेको थियो भने त्यस पछि स्थानीय भूपु सैनिक संघको सभाहरुलमा आफ्ना नेता कार्यकर्ता र शुभ चिन्तकहरुका विच विचार गोष्ठिको पनि आयोजना गरेको थियो । विचार गोष्ठीमा बोल्ने सबै बक्ताहरुले विपी कोेईरालाको पुष १६ को मेलमिलाप र एकता दिवशको महत्व आजको सन्र्दभमा पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण रहेको विचार ब्यक्त गरेका थिए ।
२०३३ साल पुस १६गते विपी सहितका नेताहरु आठ बर्षे निर्वासित जीवन बिताएर सोहि दिन नेपाल फर्किएका थिए । सोहि दिनको संम्झनामा काँगेसले हरेक बर्षको पुस १६ गते यो दिवस मनाउँदै आएको छ । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रथम जननिर्बाचित विपि कोईरालाको सरकार बर्खास्त गरी निर्दलिय पंचायति ब्यवस्थाको घोेषणा गरी विपी सहितका नेताहरुलाई ७ बर्ष जेल हालेको थियो । त्यसपछि २०२५ सालमा विपी सहित काँगे्रसका नेता भारत प्रवासमा गएका थिए ।
प्रवासमा रहँदा आफु माथि लगाएका विभिन्न थरीका झुट्टा मुद्दा र संम्भावित खतराको समेत ख्यालै नगरी विपी कोईराला राष्ट्र र राष्ट्रियता प्रति समर्पित भई २०३३ पुष १६ गते आफनो टोली सहित राष्ट्रिय एकता तथा मेलमिलापको नारा लिएर नेपाल आउनु भएको जानकारी पनि सो अवसरमा गराईएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति लबश्री न्यौपाने,नेताहरु पुर्ण बहादुर तामाङ,झनक श्रेष्ठ,निर्मला घिमिरे लगाएतका जिल्ला नेताहरुले विपीको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया