रामेछाप २५ माघ । रामेछापमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार संसद् विघटनको विरोधमा मौन जुलुस प्रदर्शन गरेका छन् ।
कांग्रेसको सुभेच्छुक संस्था नेपाल टेड्र युनियन रामेछापको नेतृत्वमा, नेपाल प्रेस युनियन , नेपाली काँग्रेस ,नेपाल शिक्षक संघ रामेछाप सहित तरुण दल, नेपाल विद्यार्थी संघ , किसान संघ लगाएत कांग्रेसका सम्पूर्ण भातृ संस्थाहरुको सदस्य एबं पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मन्थलीको विपी चोकबाट सुरु भएको मौन रयालीले मन्थली वजारका विभिन्न भागहरु परिक्रमा गरी देवकोटचोकमा आएर कोण सभा गरेको थियो ।
कोण सभालाई टेड्र युनियन रामेछाप, नेपाल प्रेस युनियन रामेछाप, नेपाली कांग्रेस रामेछाप ,शिक्षक संघ रामेछापसहितका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो
यो बारेमा तपाईको प्रतिकृया