१५ जेठ, २०७६
रामेछाप- नेपाली काग्रेस रामेछापले जिल्लाको सबै वडामा बुधबार जागरण अभियान सम्पन्न गरेको छ । “हिमाल पहाड तराइ –मधेस नेपाली काग्रेस” भन्ने मूल नाराका साथ काग्रेसले जिल्लाका ६४ वटै वडामा एक साथ जागरण अभियान सम्पन्न गरेको हो ।
बर्तमान संघिय, प्रदेश र स्थानीय सरकारले गरेको कामहरुको भण्डाफोर गर्न जिल्ला भर प्रतिनिधिहरु खटाएर एक साथ जागरण अभियान सञ्चालन गरिको नेपाली काग्रेसका सभापति लवश्री न्यौपनेले बताउनु भयो । सो अबसरमा केन्द्र तथा जिल्ला बाट खटिनुभएका मन्थली नगरपालिकाको वडा नं २ मा केन्द्रीय प्रतिनिधि एबं नेपाली काग्रेसका केन्द्रीय नेता मनमोहन भट्टराई, वडा नं १ मा पार्टि सभापति लबश्री न्यौपाने वडा नं ७ मा जिल्ला कार्य समितिका सदस्य राजु श्रेष्ठ र क्षेत्र नं २ का क्षेत्रिय सचिब सुदर्शन थापा लगाएतले अभियान सञ्चालनको बारेमा आ आफनो धारणा राख्नु भएको थियो ।
नेता भट्टराईले दुइ तिहाइको दम्भमा नेकपाको सरकारले नागरिकहरुलाई सुबिधा दिनुको साटो दुःख र पिडा मात्र दिएको आरोप लगाउनु भयो ।
मन्थली नगरपालिकाको वडा नं १, वार्ड नं २ वार्ड नं ३ र वार्ड नं ७ का वार्ड समन्वय समितिका संयोजकहरु क्रमश पुर्ण सुबेदी, दुर्गा बहादुर बस्नेत, कमल बहादुर, भुवनहरी प्रसाई र रामेछाप नगरपालिका वडा नं ३ साघुटारमा वार्ड समन्वय समितिका संयोजक मनोज खड्का लगाएत सम्बन्धित वडाका काग्रेस समन्वय समितिका संयोजक हरुको अध्यक्षतामा जागरण अभियान जिल्लाका सबै वडामा सम्पन्न भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया