रामेछाप । कार्यकर्ताको लामो प्रतिक्षाका विच चौधो महाधिवेसन हुने निश्चित जस्तै भएपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अधिवेसनमा जुटेका छन् । केन्द्रमा देखिएको कृयाशिल सदस्यता लगाएतको विवाद समाधान भएको भन्दै वडा तहमा समेत निर्वाचन अधिकारी तोकेका कारण काँग्रेसलाइ निर्वाचनको चटारोले सताएको हो ।केहि समय अघि सम्म अनिश्चित जस्तै बनेको काँग्रेसको महाधिबेसनका लागि केन्द्रले सबै क्रियाशिल सदस्यको विवरण आफनो वेभ साईटमार्फत सार्वजनिक पनि गरिसकेको छ । पार्टि राजनितिको आन्तरिक चटारो संगै वडा देखि जिल्ला तहका नेताहरु आ आफनो पदिय भागवण्डाको जोड घटाउमा लागेका छन् । आफनो ईच्छा अनुसारको पदिय उचाईको जगेर्ना र त्यसको जोड घटाउमा लागेका नेता तथा कार्यकर्ताहरु आफु सुरक्षित हुन सक्ने विभिन्न गुट र उपगुटको बैठकमा बसेर पदको सूचि बनाउनमा ब्यस्त रहने गरेका छन् । जसका कारण रामेछापमा पनि केन्द्रिय नेताहरुको लाईन अनुसार प्रतिस्पर्धि गुटको सूचि तयारी भईरहेको कार्यकर्ताहरुको दावि रहेको छ ।
महाधिबेसनको माहोल भएकोले जिल्ला नेताहरुले पार्टि सभापतिलाई मुख्य लक्ष्य बनाएका छन् । सो पदका लागि जिल्लामा बर्तमान सभापति लबश्री न्यौपाने महाधिबेसन प्रतिनिधि भरत चौलागाई,महाधिबेसन प्रतिनिधि अर्जुन केसि र महाधिबेसन प्रतिनिधि कृष्ण महत तथा बर्तमान पार्टि सचिव लेख बहादुर कार्किले आ आफनो उमेद्धवारी घोषणा गरि सकेका छन् ।
पार्टिका उमेद्वार हरुले केन्द्रिय नेताहरुको विभिन्न गुटमा बिभक्त भएर आफुलाई कसरी शक्तिसाली बनाउने भन्ने होडनै चलाएका छन् । जसका कारण महाधिवेसनमा कांगेसले यस पटक पनि निति विधि र पद्धतिलाई भन्दा पनि पदीय हैसियतलाई मात्र प्राथमिकता दिने सम्भावना नरहेको नेवि संघका पुर्व अध्यक्ष सिताराम कार्किले बताए ।
यो बारेमा तपाईको प्रतिकृया