रामेछाप, १४ मंसिर । रामेछाप जिल्लाको सबै वडा भेलामार्फत नयाँ नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्रले सोमबार सम्ममा लिखु तामाकोशी वाहेक ७ वटै पालिकामा आफ्नो भेला सम्पन्न गरेको छ ।
सो पार्टिले ७ वटै पालिकामा भेला मार्फत नयाँ नेतृत्व पनि चयन गरेको छ । जिल्लाको खाँडादेवी गाँउपालिकामा मा सोमबार सम्पन्न भेलाले गँगा बुढाथोकिको अध्यक्षतामा ५५ सदसिय समिति निर्माण गर्दे भेला सम्पन्न गरेको हो ।
भेलाले मन्थली नगरपालिकामा शंकर बोहोराको अध्यक्षतामा, रामेछाप नगरपालिकामा मोतिलाल तामाङको अध्यक्षतामा ६५/६५सदस्यीय नगर कमिटि गठन गरेको छ । दुवै नगरको प्रमुख आतिथ्यता क्रमशः संघीय सांसद श्याम कुमार श्रेष्ठ (कुशल) र संविधान सभाका सदस्य तारानारायण श्रेष्ठले गरेको थिए । त्यसै गरी सुनापती गाउँपालिकाको अधिवेशनको उद्घाट्न पार्टीका केन्द्रीय सदस्य युवराज चौलागाईले गरेका थिए भने पालिकाका अध्यक्ष एवं माओवादी केन्द्र बागमती प्रदेश अनुशासन समितिका सदस्य धावा लामाको समेतको उपस्थितिमा भएको भेलाले ठूलोकान्छा तामाङको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटि गठन गरेको थियो ।
त्यसैगरी दोरम्बा गाउँपालिकामा हिराबहादुर श्रेष्ठको अध्यक्षतामा पदाधिकारी सहित ५५ सदस्यिय नेतृत्व चयन भएको छ । उक्त कार्यक्रमको उद्घाटन माओवादी नेता एवं गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले गरेका थिए । त्यसैगरी उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा पनि आइतबार पालिका भेला सकिएको छ । अधिवेशनले उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा अनन्त खड्का र गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर तामाङसहित ५५ सदस्यीय कमिटि गठन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन भने जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले गरेका थिए । सबै ठाउँमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ ।
सबै कमिटिको कार्यकाल २ वर्षको हुने उक्त पार्टीको ८ मध्ये बाँकी रहेको लिखु तामाकोशी गाउँपालिकामा मंसिर १९ गते अधिवेशन हुने पार्टीका जिल्ला अध्यक्ष मैनकुमार मौक्तानले जानकारी दिनुभयो । उहाका अनुसार १९ गते हुने नेकपा माओवादी केन्द्र लिखु तामाकोशी गाउँपालिकाको उद्घाटन् शिक्षा मन्त्री देबेन्द्रराज पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया