Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केपी ओली राती देखेका सपना बाढ्नमै व्यस्त छन् : काग्रेस नेता भट्टराई

नेपाल अभियान नेपाल अभियान
२५ जेष्ठ २०७६, शनिबार
in राजनीति, समाचार
0
289
SHARES
Share on FacebookShare on Twitter

२५ जेठ, २०७६

रामेछाप– नेपाली काग्रेसका केन्द्रीय नेता मनमोहन भट्टराईले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली राती सुत्दा देखेका सपनालाई जनतामाझ बाढ्नमै व्यस्त भएको आरोप लगाउनु भएको छ । नेपाली काग्रेसले बैशाख २५ गतेबाट देशव्यापी रुपमा सुरु गरेको पहिलो चरणको ‘हिमाल पहाड तराई–मधेस नेपाली काग्रेस राष्ट्रिय जागरण अभियान’ कार्यक्रमको समापन कार्यक्रममा शनिबार रामेछापमा बोल्दै नेता भट्टराईले केपी ओली नेतृत्वको सरकारले समृद्धीको नाममा जनतालई सपना मात्रै बाढ्दै हिडेको आरोप लगाउनु भएको हो ।

पाँच वर्ष सम्म जनताको काम गर्ने जिम्मेवारी पाएको नेकपाको सरकारले जनताको आधरभूत आवश्यकतालाई ध्यान नदिइ रेल कुदाउने सपनामा सरकार आफै कुदेकाले यो सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको नेता भट्टराईको आरोप छ ।  भ्रष्टचारीको अनुहार पनि हेर्न चाहन्न भन्ने केपी ओलीले अहिले पाईला–पाईलामा भ्रष्टचारलाई प्रसाय दिइरहेको पनि उहाँले आरोप लगाउनुभयो ।

अर्को प्रसंगमा नेता भट्टराईले रामेछापमा नेपाली काग्रेसले गत निर्वाचनमा हार्नुको कारण पत्ता लगाएर त्यसलाई सुधार गरे मात्र आगमी निर्वाचनमा काग्रेसले जित्न सक्ने दाबी गर्नुभयो । राष्ट्रिय जागरण अभियानमा रामेछापमा केन्द्रीय प्रतिनिधि समेत भएर आउनुभएका भट्टराईले रामेछाप काग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढाउन आग्रह पनि गर्नुभयो । उहाँले अभियानको क्रममा जिल्लाका ६४ ओटै वडाबाट आएका सुझालाई केन्द्रमा लगेर छलफलमा समाबेस गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

अब काग्रेस सुतेर बस्दैन : सभाति न्यौपाने

कार्यक्रममा बोल्दै नेपाली कागे्रस रामेछापका सभापति लबश्री न्यौपानेले नेपाली काग्रेस रामेछापमा जागरणले नेता देखि कार्यकर्ता सम्ममा जागरुकता देखिएकाले त्यो जागरुकतालाई कायम राख्नको लागि आगमी दिनमा गाउँ–गाउँ जाने जागरणलाई निरन्तरता दिने बताउनुभयो । सभापति न्यौपानेले नेपाली काग्रेसले अब एक चुनाब मात्रै नभई कम्तिमा पनि तीन ओटा चुनाव जित्ने गरी लाग्नु पर्नेमा जोड दिनुभयो ।

सभापतिहरूको सक्रियता देखिएन : नेता कान्छाराम तामाङ

कार्यक्रममा बोल्दै गत निर्वाचनमा प्रतिनिधिसभामा नेपाली काग्रेस रामेछपाबाट चुनाव लड्नु भएका कान्छाराम तामाङले जिल्ला सभापति र दुई क्षेत्रिय सभापतिहरू सक्रिय नहुँदा रामेछाप काग्रेस कमजोर हुँदै गएको आरोप लगाउनुभएको छ । नेता तामाङले संगठन बिस्तारमा सबै तहका नेताहरू एक जुट भएर लागे मात्र रामेछाप काग्रेस बलियो हुने दाबी गर्नुभयो । जिल्लामा काग्रेस बलियो हुने एक मात्र विकल्प कम्युनिस्ट फुट्नु हो भन्ने मानसिकता लिँदा काग्रेस कमजोर भएको भन्दै काग्रेस जुट्नु पर्नेमा उहाँको जोड रहेको छ ।

पार्टी बलियो बनाउन गाउँमै जानु पर्ने काग्रेसको निष्कर्ष

एक महिने लोमो जागरण अभियानले नेपाली काग्रेसलाई बलियो बनाउन गाउँ–गाउँमा जागरण अभियान नै चलाउनु पर्ने निष्कर्ष नेपाली काग्रेस रामेछापले निकालेको छ । बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियानको समापन कार्यक्रममा बोल्दै रामेछाप काग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, काग्रेस जिल्ला उपसभापति जितेन्द्र मोक्तान, सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ र नेपाल महिला संघ रामेछापकी सभापति गंगा अधिकारीले काग्रेस कमजोर हुनुमा गाउँ–गाउँमा पार्टीका कार्यक्रमहरू नियमित रुपमा नहुनु रहेको बताएका छन् । उनीहरूले आगमी दिनमा नेपाली काग्रेस बलियो बनाउन सबैको सहकार्यमा गाउँ–गाउँमा जागरणलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।

मन्थलीको भैसेश्वरमा समापन भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो ।

Share259Tweet13Share4

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२५ जेष्ठ २०७६, शनिबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२५ जेष्ठ २०७६, शनिबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२५ जेष्ठ २०७६, शनिबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२५ जेष्ठ २०७६, शनिबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२५ जेष्ठ २०७६, शनिबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२५ जेष्ठ २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.