रामेछाप,६ पुष । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको मन्थलीमा सोमबार सम्पन्न २२ औं पुर्ण बैठकले जिल्लाको अधिबेशन र पालिका भेलाको मिति तय गरेको छ ।
पार्टिका अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सोमबार मन्थलीमा बसेको बैठकले यहि पौष २३ गते आठौ जिल्ला अधिबेशन गर्ने र सो अधिबेशनमा भाग लिनका लागि हरेक वडा बाट प्रतिनिधि छनौट यहि पुष १७ गते सम्म गरिसक्ने निर्णय गरेको पार्टिका प्रचार बिभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो ।
बैठकमा पार्टिका केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल,स्थायी समितिका सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी, पालिकाका अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।
बैठकले उक्त दिन हुने जिल्ला अधिबेशन तयारीका लागि पार्टि अध्यक्ष शान्ति प्रसाद पौडेलको संयोजकत्वमा मूल ब्यवस्थापन समिति गठन गरेको छ । त्यसैगरी अधिबेशनको प्रचार प्रसार र दशौं केन्द्रीय महाधिबेशनको सन्देश प्रवाह गर्नका लागि जिल्लाका ८ वटै पालिकाहरुमा यहि पुष १३ , १४ र १५ गते पालिका स्तरीय कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेको पनि प्रचार बिभाग प्रमुख कार्कीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया