सुनकोसी (दुम्जा), ४ माघ । नेपाली काँग्रेस सूर्यविनायक नगर कार्य समिति भक्तपुरको पदाधिकारीहरुको बैठक काँग्रेसका संस्थापक, विपी कोइरालको पुख्यौली स्थल र कृष्ण प्रसाद कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा बसेको छ ।
सोमबार वसेको बैठकले सूर्यविनायक नगर क्षेत्र भित्रबाट नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा योगदान पुरयाउने लोकतान्त्रिक योद्धाहरु (जो हाल हुनुहुन्न ) को स्मृतिमा स्मारिका प्रकाशन गर्ने र प्रत्येक बर्षको फागुन ७ गते उहाँहरुको सम्झनामा श्रद्धान्जली सभाको आयोजनागर्ने निर्णय भएको सुर्यबिनायक नगरपालिकाका नगर सह सचिब अमिर ढुंगानाले जानकारी दिनुभयो ।
नगर सभापति निशान ढुंगेलको अध्यक्षतामा बसेको उक्त बैठकमा सिन्धुली क्षेत्र नं २ का सचिब देवराज नेपाल, सुनकोशी गाँउपालिकाका सभापति चन्द्र बहादुर श्रेष्ठ, वडा समितिका सचिव राज कोइरला, शिक्षक महासंघ सुनकोसी गाँउपालिकाका उपाध्यक्ष बिनोद कोइरला, ने.का सुनकोशी गाउपालिकाकी सदस्य रुषा ढुंगेल न्यौपाने, गाउपालिका सदस्य अरुण कोइराला, ठाकुर प्रसाद कोइरला, एबं अन्य काँग्रेसका स्थानीय नेताहरु क्रमशः दिपक कोइराला, भागवत कोइरुला, अरुण बराइली, जगत नेपाली अर्जुन सुर्खेती लगाएतका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया