Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा गठबन्धनको सम्भाबना टर्दैै

नेपाल अभियान नेपाल अभियान
५ बैशाख २०७९, सोमबार
in राजनीति, समाचार
0
160
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,५ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुने विषयलाई लिएर हुन लागेको दलिय गठबन्धनको सम्भाबना रामेछापमा न्युन हुदै गएको छ । जिल्लाका मुख्य तीन दल विच गठबन्धन टुँङ्गयाउनका लागि पटक–पटक भएको बैठकमा दलिय भागबण्डामा सहमति हुन नसकि सबै आ–आफ्नै अडानमा रहदा गठबन्धनको सम्भाबना न्यून भएको हो ।
केन्द्रीय नेतृत्वले गठबन्धन गरेर जानका लागि मातहत निकाय हरुलाई निर्देशन दिए पछि जिल्लाका सत्ता साझेदारी दलहरुले पटक–पटक सहमतिको प्रयास गरेका थिए । उनीहरुले संभावित गठबन्धन संगै विगत र बर्तमानमा आ–आफ्नो हैसियत र अबस्थाका बारेमा पनि छलफल गरेका थिए ।
आन्तरिक छलफल र सत्तासाझेदारी दल विचको छलफललाई एकैसाथ अघि बढाएका नेपाली काँग्रेस,नेकपा एमाओवादी र नेकपा एसका नेताहरुले मंगलबार सम्म गरेको प्रयास पनि प्राय असफल जस्तै भएको उनीहरुको भनाई बाट लगभग पुष्टि जस्तै भएको छ ।
मंगलबार विहान नेपाली काँग्रेसले माओवादी केन्द्र र नेकपा एसलाई लिखित रुपमा पत्राचार गरेर आफनो आधिकारीक दावि प्रस्तुत गरेको थियो । जसमा उसले जिल्लाका २ नगर र ६ गाउँ पालीका गरि ८ वटा पालिकाका ६४ वटा वडा मध्ये ५ प्रमुख,३ वटा उप प्रमुख र ३७ वटा वडा अध्यक्षको माग दावि गरेको थियो ।
जवाफमा नेकपा माओवादी केन्द्रले पनि लिखित रुपमा नेका र नेकपा एसलाई पत्राचार गरी गठबन्धनका लागि आफ्नो दाबि प्रस्तुत गरेको थियो । उक्त पत्रमा उसले ५ वटा पालिकाका प्रमुख र उप–प्रमुख तथा ३२ वटा वडाध्यक्षका लागि बटम लाईन बनाएर लिखित रुपमा पत्राचार गरे संगै संभावित गठबन्धनको संभाबना टरेको उनीहरुको भनाईबाट पुष्टि भएको छ । तर गठबन्धनका दुई ठुला दलविचको बटम लाईन सहितको दावि र बिशेष गरी नेकाका कार्यकर्ताको गठबन्धन विरोधि दवाबका कारण गठबन्धनको सम्भाबना टरे जस्तै भएको स्रोतको भनाई रहेको छ ।
मंगलवार साँझ सम्मको गठबन्धन र संभावित प्रयासका बारेमा नेपाली कांगेसका सभापति पुर्ण बहादुर तामाङ्ग (कान्छाराम) सँग सम्पर्क गर्दा उहाँले गठबन्धनको केहि झिनो संभाबना मात्र बाँकी रहेको भएपनि सहमतिको प्रयास भने न्युन भएको बताउनु भयो । उहाँले दलिय भागबण्डामा कुरा मिल्ने संभाबना नभएकोले गठबन्धनको संभाबना दुर भएको र मंगलबार राति सम्म पनि प्रयास जारी राख्ने र प्रयास सफल नभए बुधबारबाट मैत्रीपुर्ण प्रतिस्पर्धाका लागि पार्टिको आन्तरिक तयारीमा लाग्ने जानकारी पनि गराउनु भयो ।
उता नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले भने मंगलबार साँझ सम्मको गठबन्धनको प्रयासले पुर्णता नपाएको भएपनि संभावनाको ढोका भने बन्द भई नसकेको बताउनुभयो । उहाँले अझै पनि सहमति हुन सक्ने अबस्था भएपनि आफ्नो र काँग्रेसको दाबिका बारेमा भने खुलाउन चाहनु भएन ।
गठबन्धनको अबस्था र संभावनका बारेमा नेकपा समाजबादीका उप सचिब दीपक बुढथोकिले नेपाली काँगेसका कारण गठबन्धनको संभाबना टरे जस्तै भएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो गठबन्धनका लागि एमाओवादी सकरात्मक भएकोले अझैपनि झिनो संभाबना भएपनि सहमति हुने सम्भाबना घट्दै गएको छ । जस अन्र्तगत आफनो पार्टिले जिल्लाका ८ पालिका मध्ये मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका गरि दुई वटा अध्यक्ष र १५ बटा वडा अध्यक्षका लागि दावि पेश गरेको जानकारी पनि उप सचिब बुढाथोकिले गराउनु भयो ।

Share64Tweet40Share11

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

५ बैशाख २०७९, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

५ बैशाख २०७९, सोमबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

५ बैशाख २०७९, सोमबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

५ बैशाख २०७९, सोमबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

५ बैशाख २०७९, सोमबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

५ बैशाख २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.