रामेछाप,८ कार्तिक । सत्ता गठबन्धनको पहिलो चरणको चुनावी अभियान मंगलवार लिखु तामाकोशी गाँउपालिकाको खिम्ती र तिल्पुङ मा सपन्न पश्चात बुधवार देखि शुक्रवार सम्म स्थगित गरिएको छ ।
नेपाली हरुको दोस्रो ठुलो चार्ड तिहार पर्वका कारण चुनावी अभियान कार्तिक ९,१०र ११ गतेका लागि स्थगित गरिएको हो ।
सचिवालयका कार्यालय सचिब कृष्ण बस्नेतले एक सूचना जारी गरी तिहारको मुख्य दिन परेकोले कार्तिक ९ गतेको पुर्ब निधारीत सबै कार्यक्रमहरु स्थगित भएको जनाउनु भएको थियो ।
यस अघि असोज ३१ गते सोमबारदेखि सोहि पालिकाको नागदह बाट सुरु भएको अभियान बिजुलीकोट, सैपु, दुरागाँउ,भुजि गुप्तेश्वर,प्रिति कुभुकास्थली वाम्ती गुम्देल,चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडि, फर्पु मा सम्पन्न भैसकेका छन् ।
बुधवार ९ गतेका लागि मन्थली नगरपालिकाको वडा न २ र ३ को संयुक्त आमसभा कठजोरको मावि स्कुल परिसरमा भएको चौरमा र वडा नं ७ को भटौली स्थीत प्रसाई चोकमा गर्ने भनि तय भएको कार्यक्रम तिहार पर्वको मध्यदिन पर्ने भएकोले सारिएको सचिवालयका कार्यालय सचिब कृष्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाले ति कार्यक्रमहरु पछि तय गरिने र शनिवार देखि पुनः रामेछाप नगरपालिकाको ल्याङल्याङ बाट अभियान सुरु गर्ने बताउनुभयो ।
त्यसैगरी प्रदेश सभा (ख) को गठबन्धन टोलीको चुनावी अभियान मंगलवार खाडादेवी गाँउपालिकाको टिमु र राकाथुमको चापबोट मा कार्यक्रम सकेपश्चात तिहारका कारण भोलि ९ गते को कार्यक्रम स्थगित गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रदेशले बुधवार खाँडादेवी गाँउपालिकाको भिरापानी स्थीत भलायखर्क र मन्थली नगरपालिकाको भटौलीमा कार्यक्रम गर्ने कार्यतालिका थियो ।
प्रदेश सभा (ख) ले पनि असोज ३१ गते मन्थली नगरपपालिकाको चिसापानी वाट आफ्नो चुनावी अभियानसुरु गरेको थियो । गठबन्धनले सो क्षेत्रका मन्थली नगरपालिका अन्तर्गत वडा नं ९ १०,ं११,१२,१३,१४, दोरम्बा शैलुङ गाँउपालिकाको सबै वडा, सुनपाति गाँउपालिकाको सबै वडा र खाडादेवी गाँउपालिकाको ३ वटा वडामा कार्यक्रम सम्पन्न गरिसकेको नेपाली काँग्रेस प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया