१९ भदौ, २०७६
मन्थली- जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा उम्रिएका गाँजा फडानी गरेको छ । खाँडादेवी गाउँपालिकाको वडा नं. ४ चोप्राङ आसपास र गोकुलगंगा गाउँपालिकाको वडा नं. १ चुचुरेको आसपासको सार्वजनिक जग्गामा उम्रिएका गाँजाका बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबार चोप्राङ प्रहरीले चोप्राङ आसपास एक हजार पाँच सय बोट र बुधबार शिवलय प्रहरीले चुचुरे आसपास ४ सय बोट गाँजा फडानी गरेको छ । गाउँको सार्वजनिक जग्गामा आफै उम्रिएका गाँजा त्यहाँका युवाहरुले प्रयोग गर्ने र युवाहरु कुलतमा फस्ने गरेकाले त्यसरी उम्रिएका गाँजा फडानीको अभियान नै चलाएको प्रनाउ भट्टराईले बताउनुभयो ।
जिल्लामा प्रहरी प्रशासनबाट लुकीछिपी व्यवसायिक रुपमा गाजाको खेती नगरेको भए पनि सार्वजनिक जग्गामा आफै उम्रिएका गाजालाई अवैध रुपमा लुकीछिपी प्रयोग गर्ने गरेको जानकारीको आधारमा अभियान चलाएर गाँजा फडानी थालिएको प्रनाउ भट्टराईले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया