Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोजी काटेर १ लाख ८५ हजार लुटियो !, पैसा मात्रै लुटिएन दशै पनि लुटियो

बद्री नयाँघरे बद्री नयाँघरे
२२ भाद्र २०७६, आईतवार
in प्रहरी-प्रशासन, समाचार
0
263
SHARES
Share on FacebookShare on Twitter

२२ भदौ, २०७६

मन्थली- दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ का एक व्यक्ती काँकाडभिट्टाबाट बसमा दोलखा आउने क्रममा लुटिएका छन् । मजदुरीका लागि इण्डिया गएका बैतेश्वर ३ का दिल बहादुर राउत घर फर्कने क्रममा लुटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । स्टाकोटको भित्री गोजीमा राखेको १ लाख ८५ हजार रुपैयाँ गोजी नै काटेर लगेको जिल्ला प्रहारी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष कुमार भट्राईले जानकारी दिनुभयो ।

आइतबार राती काँकाडभिट्टाबाट दोलखा आएको ना ४ ख ४६१० नम्बरको यात्रुवहाक बसमा चढ्नु भएका राउतले रामेछापको मन्थलीमा आए पछि मात्रै आफू लुटिएको थाहा पाएर प्रहरीलाई जानकारी गराउनुभएको थियो । आफूहरुले सूचना पाउन साथ यात्रु सहित बसलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नभेटिएको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मजदुरीका लागि इण्डिया जानुभएका राउत आफ्ना दुई भतिज सहित दशै मनाउन घर आउनु भएको रहेछ, काँकाडभिट्टाबाट बसमा चढे पछि सुनसरीमा बस रोकेको ठाउँमा चटपटे खान ओर्लिएको भन्नुहुन्छ । त्यति बेला पनि पैसा आफैसँग भए नभएको समेत उहाँलाई थाहा छैन् । उहाँले आफूलाई संका लागेको ठाउँ पनि भन्न सक्नु भएन, त्यसैले पत्ता लगाउन गह्रो भयो ।’
खुर्कोटबाट मन्थली आउँदा बीचमा बस नरोकिएको र त्यहाँबाट मन्थली आउँदा कुनै पनि यात्रु नझरेकाले खुर्कोट भन्दा उतै पैसा हराएको हुन सक्ने प्रहरीको अनुमान छ । गोजी काटेर पैसा लगेको हुनले पैसा लाने व्यक्ति सामान्य नभई लुटपाटमा संलग्न भएको व्यक्ति नै हुन सक्ने प्रहरीको दाबी छ ।

चाडपर्वमा यात्रा गर्दा सचेत रहन प्रहरीको अनुरोध

रामेछापका प्रहरी प्रमुख सन्तोष भट्टराईले दशै लगायत विभिन्न चाडपर्वमा बसमा यात्रा गर्दा विशेष गरी यात्रुहरु बढी सचेत हुनु पर्ने बताउनुभएको छ । प्रनाउ भट्टराईले लामो बाटोको यात्रा गर्दा धेरै पैसा भए बैंक तथा वित्तिय संस्थाबाट पठाएर मात्रै हिड्न आग्रह गर्नुभएको छ । त्यस्तै सवारी चालक तथा सहचालकहरुले पनि आफ्नो बसमा यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर जहाँ पायो त्यही बस नरोक्ने, बीचमा अपरिचित व्यक्तिहरुलाई नचढाउने, कुनै व्यक्तिमाथि संका लागेमा प्रहरीलाई खबर गर्ने, बाटोमा यात्रुको ख्याल गर्ने जस्ता कार्यलाई ख्याल गर्नु पर्ने बताउनुभयो ।

Share242Tweet9Share2

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२२ भाद्र २०७६, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२२ भाद्र २०७६, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२२ भाद्र २०७६, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२२ भाद्र २०७६, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२२ भाद्र २०७६, आईतवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२२ भाद्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.