Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बजारमा किरा परेको माछा खुलेआम विक्रीमा !

नेपाल अभियान नेपाल अभियान
१२ आश्विन २०७६, आईतवार
in प्रहरी-प्रशासन
0
858
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्लाको सदरमुकाम मन्थली बजारमा एक मासु पसलबाट किरा परेको माछा खुलेखाम रुपमा विक्री हुने गरेको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार बजार अनुगमनका क्रममा देवकोटा चोकमा रहेको भिमेश्वर कोल्ड स्टोरमा विक्री गर्न राखिएको अवस्थामा ३० केजी किरा परेको माछा फेला पारेको हो । कोल्ड स्टोरमा विक्री गर्न राखिएकै अवस्थामा किरा परेको माछा भेटिएकाले उपभोक्ताले यहि माछा खरिद गरेर लग्ने गरेको अनुगमन टोलीले दाबी गरेको छ ।

त्यसैगरी अनुगमनकै क्रममा विविएस हार्डवेयर पसलबाट एक सय लिटर म्याद नाघेको इनामेल र ५ बट्टा क्यास्टोल मोविल पनि फेला पारेको अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै आइडी किराना पसलबाट अनुमति विना बिक्रीको लागि रोखेको २८ प्याकेट गुड्खा, ४ बट्टा पाइलट चुरोट, २ बट्टा सूर्य चुरोट, एक प्याकेट सडेको मिठाई समेत भेटिएको भट्टराईले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठ भोजनालय एण्ड लजबाट पनि अनुमति विना बिक्रीको लागि राखिएको ६ बट्टा चुरोट भेटिएको छ । यसरी भेटिएका सबै सामाग्रीहरु बरामत गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

व्यवसयिहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरी व्यवसाय संचालन गरेकाले बजार अनुगमन सँगै त्यसको अध्ययन पनि भइरहेकाले उनिहरुलाई कानून अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बताउनुभयो ।

प्रजिअ केसी पाण्डेले उपभोक्तालाई सामाग्री खरिद गर्दा म्याद भएको र नभएको यकिन गरेर मात्र गर्न खरिद गर्न आग्रह गर्नुभएको छ । बजार अनुगमनका क्रममा एक पटक गल्ती गर्ने पसलको नाम सार्वजिन गर्दै जरिवाना गरिने र त्यस पछि पनि गल्ती गरेको भेटिएमा कानून अनुसार कडा कारबाही गरिने प्रजिअ केसी पाण्डेले चेतावनी दिनुभयो ।

Share704Tweet64Share18

Related Posts

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

१२ आश्विन २०७६, आईतवार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

टिपर बाट खस्दा सह –चालकको मृत्यू

१२ आश्विन २०७६, आईतवार
दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन
प्रहरी-प्रशासन

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

१२ आश्विन २०७६, आईतवार
मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
प्रहरी-प्रशासन

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

१२ आश्विन २०७६, आईतवार
टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते
प्रहरी-प्रशासन

टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते

१२ आश्विन २०७६, आईतवार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

१२ आश्विन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.