रामेछाप- जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ का एक व्यक्ति ६ वर्षिय बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा प्रक्राउ परेका छन् । सोमबार राती जर्वजस्ती करणी गरि भागेका दोरम्बाका अर्जुन थापालाई मंगलबार दिउँसो बसमा चढेर काठमाडौ भाग्दै गरेको अवस्थामा खाँडादेवी–६ माकादुमबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
रामेछापका प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक सन्तोष भट्टराईका अनुसार सोमबार साँझ गंगा मायाँ (नाम परिवर्तन) लाई मोबाइल दिन्छु भन्दै आफ्नै घरमा बोलाएर थापाले जर्वजस्ती करणी गरेका थिए । उनको त्यस किसिमको हर्कतबाट बिछिप्त बनेकी बालिकाले घरमा आएर आफ्नी आमासँग आफ्नो यौनांग दुखेको भन्दै रोएकी थिइन् । आमाले थप बुझ्ने क्रममा पीडित बालिकाले रुँदै घटनाको बिवरण बताएकी थिईन ।
बालिका जर्वजस्ती करणी गर्ने थापा फरार भएको थाहा पाए पछि परिवारले राती साँढे आठ बजे मात्र आफूहरुलाई घटनाको बारेमा जानकारी गराईको प्रहरीको भनाई रहेको छ । परिवारकै सूचनाको आधारमा प्रहरीले उनको खोजतलास गर्दै जाँदा मंगलबार बिहान थापालाई पक्राउ गर्न सफल भएको प्रनाउ भट्टराईले बताउनुभयो । अभियुक्त थापालाई पक्राउ गरी पुर्पक्षको लागि थुनामा राखेर थप अनुसन्धान भईरहेको पनि प्रनाउ भट्टराईले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया