Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राजनीतिक प्रभावमा पर्दिन, नागरिक मैत्री काम गर्छुः डिएसपी पाठक

बद्री नयाँघरे बद्री नयाँघरे
२ माघ २०७६, बिहीबार
in प्रहरी-प्रशासन
0
221
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्त पाठकले नागरिकको काम गर्दा राजनीतिक प्रभावमा नपरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भर्खरै रामेछाप आउनुभएका डिएसपी पाठकले विहिबार जिल्लाका पत्रकारहरुसँग परिचयत्माक कार्यक्रममा आफ्नो भनाई राख्दै प्रहरी साँधै नागरिकको लागि भएकाले राजनीतिक प्रभाव र दवाबमा नपरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट हुने नियमित काममा केही सुधार गर्नु पर्ने पत्रकारहरुको सुझाबलाई प्रहरी प्रमुख पाठकले सुधारको लागि आफू र आफ्नो सिंगो संगठन लाग्ने बताउनुभयो । अझै पनि प्रहरीमा आउने घटनाहरुमा प्रहरीले पूर्ण रुपमा चासो नदिदाँ नागरिकहरु चाँडै न्याय पाउनबाट बञ्चित रहेको गुनासो पत्रकारहरुले राखेपछि प्रहरी प्रमुख पाठकले प्रहरी सँधै पीडितकै पक्षमा हुने भएकाले प्रहरीमा आउने घटनामा ढिलासुस्ती नहुने दावी गर्नुभयो । यदि त्यस्तो भएको भए त्यसलाई सुधार गरिने उहाँको भनाई रहेको छ ।

जिल्लाको विभिन्न स्थानहरुमा नदी दोहन भईरहेको तर नदी दोहन नियान्त्रमा कसैको ध्यान नगएको भन्ने पत्रकारहरुको भनाईमा प्रहरी प्रमुख पाठकले नदी दोहनको काम भएको–नभएको अध्ययन गरेर यदि भएको भए नदी दोहनमा संलग्न व्यक्तिलाई कानून अनुसार कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू जिल्लामा रहुनजेल सम्म शान्ती–सुरक्षा लगायत प्रहरीको जिम्मेवारीमा रहेका सबै क्षेत्रमा नागरिकमैत्री तरिकाले काम गर्ने पाठकको भनाई रहेको छ । पाठकले जिल्लाका राजनीतिक दल, स्थानीय तह, सरकारी कार्यालय, पत्रकार लगायतसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्लाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने गरी एक हप्ते योजनाका साथ ट्राफिक प्रहरी लागेको ट्राफिक प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजारको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न बजार क्षेत्रमा यहि माघ १ गते देखि एक तर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको उहाँको भनाई रहेको छ । त्यस्तै सवारीसाधन चलाउने व्यक्तिले ट्राफिक नियम उलंघन गरेमा जरिवना बाहेक थप एक दिन सवारीसाधन नियान्त्रणमा लिएर राखिने पनि ट्राफिक प्रमुख पाण्डेले बताउनुभयो ।

Share88Tweet55Share15

Related Posts

आधा शरिर जलेको अबस्थामा बृद्धको लास
देश

आधा शरिर जलेको अबस्थामा बृद्धको लास

२ माघ २०७६, बिहीबार
प्रहरी प्रमुखको रुपमा उत्कृष्ठ काम गर्छु ःप्रनाउ पराजुली
प्रदेश नं ३

प्रहरी प्रमुखको रुपमा उत्कृष्ठ काम गर्छु ःप्रनाउ पराजुली

२ माघ २०७६, बिहीबार
प्रहरी र नागरिक विचको सम्बन्ध सुमुधुर हुनुपर्छ ः– डि.आइ.जी बज्राचार्य
प्रहरी-प्रशासन

प्रहरी र नागरिक विचको सम्बन्ध सुमुधुर हुनुपर्छ ः– डि.आइ.जी बज्राचार्य

२ माघ २०७६, बिहीबार
मन्थलीमा मतपेटिका लुटियो
प्रहरी-प्रशासन

मन्थलीमा मतपेटिका लुटियो

२ माघ २०७६, बिहीबार
रामेछापमा बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने
प्रहरी-प्रशासन

रामेछापमा बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने

२ माघ २०७६, बिहीबार
प्रहरी दिवसका असवरमा विभिन्न ब्यक्तित्वहरु सम्मानित
देश

प्रहरी दिवसका असवरमा विभिन्न ब्यक्तित्वहरु सम्मानित

२ माघ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.