मन्थली- नेपालको विभिन्न ठाउँमा ट्राफिक व्यवस्थापन चुस्त नहुँदा सवारी दुर्घटनामा मानिसले ज्यान गुमाउनु परेका डरलाग्दा तथ्यांकहरु दैनिक रुपमा आइरहेका छन् । सवारी दुर्घटनालाई कम गराउन ट्राफिक प्रहरीहरु सडकमा बसेर मात्रै दुर्घटना न्यूनिकरण नहुने भन्दै रामेछापका मुख्य बजार केन्द्रहरुमा ‘डमी ट्राफिक’ राख्न थालिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बाजरको देवकोटाचोकमा नियमित डिउटीमा खटिरहेका ट्राफिक प्रहरीको डमी बनाएर राखिएको छ ।
यसर डमी ट्राफिक राख्दा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने हुँदा दुर्घटना कम हुने ट्राफिक प्रहरी कार्यालय रामेछापको भनाई रहेको छ । ट्राफिक नियम पालन गराउन सधैं सडकमा खटिरहने ट्राफिक प्रहरीहरुले पैसाको चिट मात्रै काट्दैन नागरिकको सुरक्षमा पनि उत्तिकै जिम्मेवार हुन्छन भन्ने शन्देश दिनको लागि सेवामा कार्यरत ट्राफिकको डमी बनाएर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेको भनाई रहेको छ । उहाँले भन्नुभयो–‘ हामी सवारी दुर्घटना कम गराउन नागरिकसँगै मिलेर काम गर्छौ, नागरिकहरुको बुझाईमा ट्राफिकले पैसाको चिट मात्रै काट्छ भन्ने छ । त्यो गलत बुझाई हो । त्यसैले हामी पनि सबै नागरिकहरु प्रति जिम्मेवार छौं भन्नको लागि पनि यो डमी राखिएको हो ।’
आफू जिल्ला आएपछि सवारी दुर्घटना न्यूनिकरणका विभिन्न अभियान चलाइरहेकाले सवारी दुर्घटनामा समेत कमी आएको ट्राफिक प्रमुख पाण्डेले बताउनुभयो । सडक दुर्घटनालाई कम गराउनको लागि सवारी चालक, पैदलयात्री, स्थानीय नागरिक, सरोकारवाला निकायहरुको समेत उत्तिकै साथ चहिने उहाँको भनाई रहेको छ ।
केही समय अघि मात्रै ट्राफिक प्रमुखको जिम्मेवारी लिएर रामेछाप आउनुभएका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले सवारी दुर्घटना कम गराउन ल्याएका विभिन्न उपायले मन्थली बजारलाई थप सुरक्षित बनाउने रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेस उदासले बताउनुभयो । पाण्डेको अभियानमा उद्योग बाणिज्य संघले पूर्ण रुपमा सहयोग गर्ने उहाँको भनाई रहेको छ ।
मन्थलीको देवकोटाचोकमा राखिएका जस्ता डमी ट्राफिक बजारका अन्या ठाउँमा पनि राख्ने ट्राफिक प्रहरी कार्यालय रामेछापको योजनामा रहेको ट्राफिक प्रमुख पाण्डेको भनाई रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया