मन्थली- रामेछपाका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जिल्लामा भइरहेको अनियमितालाई रोक्नको लागि जिल्लाका सरोकारवाला निकायहरुसँग समन्वयमा गरेर अगाडि बढ्ने बताउनुभएको छ । आइतबार जिल्लाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिल्लामा अनियमिता बढ्दै गएको भन्ने गुनासो राखे पछि अनियमिततालाई रोक्नको लागि जिल्लाका सबै सरोकारवाला निकायहरुसँग सहकार्य गरेर आगडि बढ्ने बताउनुभएको हो ।
प्रजिअ शर्माले जिल्लामा विभेदमा परेका नागरिकालाई विभेदमूक्त गराउन, महिला हिसां रोक्न, बालबालिकाले भोग्दै आएका समस्याहरुलाई न्यूनिकरण गर्नको लागि आफू लागी पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मासँग एक घण्टाको समयमा पत्रकारहरुले जिल्लाको ग्रामिण क्षेत्रका नागरिकहरुले पूर्ण रुपमा सरकारी सेवा नपाएको, स्थानीय तह र सरकारी कार्यालयहरुले सूचना नदिने, विकासे बजेटमा अनियमितता बढेको, जिल्लाको विभिन्न ठाउँमा बन्दै गरेका हाइड्रोपावारले नागरिको गुनासो नसुनेको, महिला हिसांसँगै पुरुष हिसां बढ्दै गएको, खोला तथा नदी दोहन भइरहेको लगायतका समस्या राखेका थिए ।
पत्रकारुले जिल्लामा देखिएका समस्याहरु राखेपछि प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा लिन आउने नागरिकलाई फर्किनु नपर्ने गरी विभिन्नि सूचना मार्फत सचेत गराईने बताउनुभयो । त्यस्तै अन्य सरकारी कार्यालयहरुको सेवा प्रवाह र सूचना आदनप्रदानलाई थप सहजता बनाउने गरी समन्वय गर्ने उहाँको भनाई रहेको छ । जिल्लाको विकास निर्माणमा भएको ढिलासुस्ती, बढ्दै गएको अनियमितता, महिला हिसां लगायतका समस्यालाई समधान गर्ने गरी योजना बनाएरै अगाडि बढ्ने उहाँको प्रतिबद्धता रहेको छ ।
भर्खरै रामेछाप आउनुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले पत्रकारहरुले समाजमा भइरहेका घटनाहरुलाई तथ्यमा रहेर नागरिक माझ चाँडो सूचना पुर्याउन आग्रह समेत गर्नुभएको छ ।
यो बारेमा तपाईको प्रतिकृया