रामेछाप- रामेछापका सरकारी कार्यालयका विषयगत फाँट देखि कार्यालय प्रमुख समेत जनताको कामलाई बेवास्ता गर्दै कार्यालय छोडेर हिड्ने गरेको तथ्यांक हप्तै पित्छे बाहिरीरहेको छ । जिल्ला प्रशासन कार्यालयले बिगत देखि नै विभिन्न सयमा अनुगमन गर्दा कार्यालयमा नभेटेएपछि कार्यालयमा नियमित बस्न दिइएको निर्देशनलाई समेत बेवास्ता गर्दै कार्यालय छोडेर हिड्दा नागरिकले सास्ती खेप्नु परेको छ ।
केही दिन अघि मात्रै अनुगमन गर्दा ५५ जना कर्मचारी कार्यालय छोडेर हिडेको भेटेको थियो । त्यसको एक हप्ता बित्न नपाउँदै बुधबार आकस्मिक रुपमा ६ ओटा कार्यालयमा अनुगमन गर्दा २६ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।
सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछापमा गरिएको अनुगमनमा ११ जना कर्मचारीले कार्यालय पोशाक नलगाएको र १० जनाले सरकारी परिचय पत्र नलागाई कार्यालय आएको भेटिएको छ । अनुगमनमा पर्ने कार्यालयहरुमा रामेछाप नगरपालीका, जिल्ला शिक्षा समन्वय ईकाई, नेपाल टेलीकम, डिभिजन वन कार्यालय, जिल्ला स्वास्थ कार्यालय रामेछाप र घरेलु तथा साना उद्योग विकास समिति मन्थली रहेका छन् ।
अनुगमनका क्रममा कार्यालयमा नभेटिएका कर्मचारीलाई लिखित स्पष्टीकरण सोधेर मातहतका निकायलाई प्रतिबेदन पेश गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एउटै कार्यालयका एउटै व्यक्ति पटक–पटक नभेटिनु कर्मचारीको गैर जिम्मेवार हो, त्यस्ता कर्मचारीलाई नियम अनुसार कारबाही हुन्छ ।’
यो बारेमा तपाईको प्रतिकृया