रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले चैत्र ११ गते देखि १८ सम्मका लागि जारी गरेको निषेधाज्ञालाई चैत्र २५ गते सम्मका लागि निरन्तरता दिएको छ । सरकारले चैत्र १८ गते देखि २५ गते सम्म लकडाउनको म्याद थपेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञालाई थप कडा बनाउने गरी चैत्र २५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
सोमबार जारी सूचना अनुसार औषधी उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । त्यस्तै अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुहबाहक सवारी साधनलाई पूर्ण रोक लगाउने सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी भएसँगै स्वस्थ्य, औषधी, फार्मेसी, एम्बुलेन्स, शव बहान, इन्धन दुरसञ्चार बाहेका अन्य अत्यावश्यक खाद्यन्न, दुध, तरकारी, ग्यास डिपोहरुले बिहान ५ बजेदेखि ८ बजे र बेलुकी ५ बजेदखि ७ बजेसम्म सञ्चालन हुने छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी गरिएको ८ बुँदे सूचनाका सबै बुँदामा भनिएका कुरालाई पूर्ण रुपमा पालना नगरी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग ऐन २०२० (संशोधन सहित) को दफा ३ बमोजिम कारवाही हुने जनाईएको छ ।
यस्तो छ सूचना
यो बारेमा तपाईको प्रतिकृया