Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रहरीले गर्‍यो एक वर्षे कामको समिक्षा

बद्री नयाँघरे बद्री नयाँघरे
७ श्रावण २०७७, बुधबार
in प्रहरी-प्रशासन
0
148
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले एक वर्षको अवधिमा भए गरेका कामको बारेमा जानकारी गराएको छ । मंगलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी रामेछाप जिल्लामा गत आर्थिकमा जिल्ला प्रहारी कार्यालयबाट भएका कामको.बारेमा जानकारी गराएको हो ।

यस बीचमा जिल्लामा जर्वजस्ती करणीका घटनामा बृद्धि भएको जानकारी पनि सो अबसरमा गराईएको थियो । लामो समय देखीको बन्दाबन्दी, त्यसबाट पारेको असर, सामाजिक सञ्जालको गलत प्रयोग आदीका कारण समाजमा युवा तथा अन्य मानिसहरुमा अपाराधिक मनोबृत्तिमा बृद्धि हुनुको कारण जर्बजस्ती करणीका घटनाहरुमा बृद्धि हुन पुगेको प्रहरीको निष्कर्ष रहेको छ ।

एक वर्षको अवधिमा गत भदौ १ देखी २०७७ असार मसान्त सम्ममा १६ वटा जर्वजस्ती करणीका घटना घटेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बशन्त पाठकले जानकारी दिए । उनका अनुसार गत श्रावण, असोजमा १÷१ वटा, कार्तिक र पुष, फागुन र जेष्ठमा २÷२ वटा र मंसिर र असारमा ३÷३ वटा गरी १६ वटा जर्बजस्ती करणीका घटना जिल्ला प्रहरी कार्यालमा परेका र त्यसका विरुद्धमा आवश्यक कार्वाही प्रक्रिया प्रहरीले अगाढी बढाइसकेको छ ।

त्यसवाहेक एकवर्षको अवधिमा जर्बजस्ती करणी उद्योगका ५ वटा, बालयौन दुरुपयोगका ४ वटा उजुरी पनि प्रहरीमा परेको छ । त्यसवाहेक ३९ जनाले झुण्डीएर आत्महत्या गरेका छन् भने ११ जनाले बिष सेवन गरी आत्महत्या गरेका छन् । त्यस्तै एकवर्षको अवधिमा जिल्लमा ४ वटा सवारी दुर्घटनामा परि २८ जना घाइते हुनुको साथै ५ जनाको मृत्यु भएका छन् ।

पत्रकार सम्मेलनमा आफ्नो एकवर्षे कार्यप्रगतिको समिक्षा गर्दै प्रहरीले आर्थिक वर्ष २०७४÷०७५ र ०७५÷०७६ मा भए गरेका घटना बारेमा पनि सार्वजनिक गरेको थियो । यसैगरी प्रहरीले गत माघ देखी ०७७ असार मसान्तसम्म जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकामा अपराधिक गतिविधिको विवरण पनि सार्वजनिक गरेको छ ।

जसमा मन्थली नगरपालिकावाट ५ जना, रामेछाप नगरपालिकाका २ जना, खाँडादेवी गाउँपालिकाका २ जना, सुनापति गाउँपालिकावाट २ जना, दोरम्वा गाउँपालिकाका २ जना, लिखु तामाकोशी गाउँपालिकाका ६ जना, उमाकुण्ड गाउँपालिकाका २ जना गरी कुल २५ जनाले आत्महत्या गरेको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो । यो बिचमा गोकुलगंगा गाउँपालिकामा भने एकजनाले पनि आत्महत्या नगरेको बताइएको छ ।

यो बिचमा ८ वटै पालिकामा गरी २४ पुरुष र ५ महिला भवितत्यवाट मृत्यु भएका छन् भने ३२ पुरुष र ३ जना महिला बेवारिशे अवस्थामा फेला पारेको पनि प्रहरीले जनाएको छ । त्यसवाहेक प्रहरीले जिल्लाको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्नुका निमित्त इमान्दारिताका साथ काम गरेको र त्यसको लागि जिल्लाको सवै तह र तप्काको सहयोग पनि उत्तिक महत्वपूर्ण रहेको जानकारी पनि प्रहरीले गराएको छ ।

त्यसैगरी प्रहरीले एकवर्षको विचमा विभिन्न दैविप्रकोप, नाता प्रमाणित लगाएतका विविध विषयमा २ सय २० वटा सर्वजमिन मुचुल्का, विभिन्न घटनामा घाइते, मृतक मानिसहरु, चौपाया पशुपंक्षीको उद्धार तथा घरटहरा तथा आंशिक क्षती भएका ८४ वटामा समेत स्थलतरुपमा पुगेर काम गरेको छ । त्यस्तै विभिन्न पालिकामा गरि १ हजार ३ सय अवैद्य घरेलु मदिरा तथा सोको कच्च पदार्थ १ हजार ७ सय १० लिटर बरामद गरी नष्ट गरेको छ भने विभिन्न ठाउँमा गरि ३ हजार ७ सय गाँजाको वोट फडानी गरि नष्ट गरेको छ ।

त्यस्तै आर्थिक वर्ष ०७६÷०७७ मा प्रहरी र प्रहरीसँग ८४ वटा विद्यालय प्रशिक्षण, ११ वटा प्रहरीसँग एक दिन, ६ वटा सार्वजनिक सुनुवाई, ६ वटा र्याली, ७६ वटा सामुदायिक अन्र्तक्रिय, ५ वटा सरसफाई र १८ वटा सामुदायिक वैठक मार्फत समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहभागी भएको जानकारी पनि पत्रकार सम्मेलनमा प्रमुख पाठकले जानकारी गराए ।

पत्रकार सम्मेलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि आफ्नो वार्षिक कार्यप्रगति सार्वजनिक गरेको छ । ट्राफिक प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डे समेतको उपस्थितीमा गरिएको पत्रकार सम्मेलनमा ट्राफिकले गत एक वर्षमा भएगरेको कामको समिक्षा गरेको छ ।

जसअनुसार सो कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा सबारी नियम उल्घंन गर्ने चालक र सवारीसाधनलाई कारवाही गरेवापत ५२ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । एक वर्षको बिचमा सवारीसाधन दुर्घटना गराउने १४ जना चालकलाई सवारी ज्यान मुद्धा चलाएको छ भने ट्राफिक व्यवस्थापनका लागि मुख्य बजार क्षेत्रमा गतिसिमित वोर्ड र ट्राफिक प्रहरीको डेमो समेत राखिएको छ ।

त्यसैगरी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम र न्युनिकरणको लागि आरम्भमा प्रचा पम्पेल्ट वितरण गर्नुको साथै बजारको विभिन्न ठाउँमा सावुन पानीले हात धुने व्यवस्थापन समेत गरेको जनाएको छ । पत्रकार सम्मेलनमा ट्राफिक प्रहरीले आगामी दिनमा सवारी तथा सडक व्यवस्थापनलाई अरु व्यवस्थित र मजवुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।

Share59Tweet37Share10

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

७ श्रावण २०७७, बुधबार
६८ औं प्रहरी दिवस विबिध कार्यक्रमका साथ मनाइयो
प्रहरी-प्रशासन

६८ औं प्रहरी दिवस विबिध कार्यक्रमका साथ मनाइयो

७ श्रावण २०७७, बुधबार
हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति
प्रहरी-प्रशासन

हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति

७ श्रावण २०७७, बुधबार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

७ श्रावण २०७७, बुधबार
तालिम सुरु
प्रहरी-प्रशासन

तालिम सुरु

७ श्रावण २०७७, बुधबार
राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 
प्रहरी-प्रशासन

राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 

७ श्रावण २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.