Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भदौ ५ देखि रामेछापमा थप कडाई

बिहिबार राति १२ बजे देखि भदौ १३ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी

नेपाल अभियान नेपाल अभियान
४ भाद्र २०७७, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–बिश्वभर  माहामारीको रुपमा फैलिएको  कोभिड १९ संक्रमण  जिल्लामा पनि  निरन्तर बढिरहेको ले उक्त रोको नियन्त्रण लाई थप प्रभावबारी बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार राती १२ बजेदेखि भदौ १३ गते राति १२ बजे बजे सम्म लागि जिल्लामा निषेधाज्ञा  जारी गरेको छ ।

  बुधवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्धारा हस्ताक्षर गरी जारी गरिएको आदेशमा  खाद्यान्न,स्वास्थ्य,सुरक्षा खानेपानी, सूचना तथा सञ्चार, फोहोर ब्यवस्थापन बाहेकका सबै प्रकारका उद्योग ब्यवसाय सञ्चालन गर्न रोक लगाइको छ । त्यसैगरी औषधी खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि ब्यक्ति घरबाट ननिस्कन अनुरोध गरिएको छ भने खुल्ला ठाँउमा,साइकलमा, ठेलगाडामा तथा हाटबजारमा समान बिक्रि बितरण गर्न नपाइने कुरा पनि उल्लेख गरिएको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडि, खाद्यबस्तु,तरकारी,दुध,खानेपानी,विद्युत,सञ्चार,पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी,पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी,प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न नपाइने कुरापनि उल्लेख छ  ।

त्यसैगरी शैक्षिक संस्थाहरु,कुनैपनि प्रकारको मेला,महोत्सव,बैठक, समीक्षा,गोष्ठी,सेमिनार, सामूहिक जमघट,सभा,जुलुस,मनोरञ्जनस्थल,सैलुङ्ग,पार्लर,हेल्थक्लब,खेलकुदका कार्यहरुमा पनि प्रतिबन्ध लगाइको छ भने    दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पनि नपाइने कुरा उल्लेख गरिएको छ । त्यसैगरी  होटल, रेष्टुरेन्ट सञ्चालन गर्न सहकारी, वित्तीय संघ संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न र अत्यावश्यक सेवाका र मालवाहक ढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न समेत रोक लगाएको छ ।

जिल्लाको प्रवेश नाका सेलेघाट,खैरेनीघाट,लुभुघाट,नवलपुरघाट,खिम्ति,धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७ बजे देखि विहान ५ बजे सम्म पैदल आवात जावत रोक लगाइएको छ ।

तर स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसलहरु विहान ५ बजेबाट ९ बजे सम्म  सञ्चालन गर्न पाइने साथै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु,बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनुपर्ने, सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने कुरा पनि उल्लेख गरिएको छ ।

बैक तथा वित्तीय संस्थारसहकारी कार्यालयहरु विहान ९ बजे देखि दिउँसो १ बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने,अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने, आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही गरिने कुरा पनि उक्त आदेशमा उल्लेख गरिएको छ । उल्लेखित आदेशको उलंघन गर्ने र पालना गर्न गराउन अवरोध गर्ने जो सुकैलाई प्रचलित कानून बमोजिम कार्वाही हुने कुरा पनि उल्लेख गरिएको छ ।

Share45Tweet28Share8

Related Posts

हिन्दु स्वयंम सेवक संघ रामेछापको मकर सङ्क्रान्ति उत्सव
समाचार

हिन्दु स्वयंम सेवक संघ रामेछापको मकर सङ्क्रान्ति उत्सव

४ भाद्र २०७७, बिहीबार
मन्थलीमा पनि भुकम्प सुरक्षा दिवस
प्रहरी-प्रशासन

मन्थलीमा पनि भुकम्प सुरक्षा दिवस

४ भाद्र २०७७, बिहीबार
मन्थलीमा पनि योग दिवस मनाइयो
समाचार

मन्थलीमा पनि योग दिवस मनाइयो

४ भाद्र २०७७, बिहीबार
नगर प्रमुखको अभिब्यक्ति प्रति पत्रकारहरुको आक्रोस
समाचार

नगर प्रमुखको अभिब्यक्ति प्रति पत्रकारहरुको आक्रोस

४ भाद्र २०७७, बिहीबार
माघे संङ्ग्रातिलाई लक्षित गरी वजार अनुगमन
कारोबार

माघे संङ्ग्रातिलाई लक्षित गरी वजार अनुगमन

४ भाद्र २०७७, बिहीबार
मन्थलीमा  सहकारीहरुको प्रोवेशन सम्बन्धी  क्षेत्रिय कार्यशाला
कारोबार

मन्थलीमा सहकारीहरुको प्रोवेशन सम्बन्धी क्षेत्रिय कार्यशाला

४ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.