रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बढि भाडा लिने बसहरुलाई कार्वाहि गरी भाडा फिर्ता गराएको छ ।
मन्थली स्थित ट्राफिक चोकमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट प्रहरीले गरेको चेक जाँँचका क्रममा आइतबार ५ वटा बसहरु बाट रु २० हजार ६ सय ७३ रुपैया निर्धारित भन्दा बढि लिएको भाडा फिर्ता गरिएको हो ।
यसरी कार्बाहि पर्ने बसहरुमा बा ४ ख ४४६८, बा ५ ख ८२०९, बा ४ ख ४९८६,बा ३ ख ८१८५ र बा ५ ख ९९२९ रहेका छन् । ति बसहरुबाट क्रमश ३ हजार ३ सय ९५, ५ हजार ९ सय ६०, ४ हजार ७ सय ५०,२ हजार ५ सय ५८ र ४ हजार १० रुपैया गरी कुल २० हजार ६ सय ७३ रुपैया बढि भाडा फिर्ता गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताउनुुुभयो ।
ति बसहरु मध्ये अधिकांसले मापदण्ड बिपरित भाडा लिएकोले कार्वाहि स्वरुप भाडा फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताउनुभयो । उहाले सरकारले साविकको भाडा दरमा सिट सँख्या अनुसार यात्रुहरु राखेर गन्तब्य स्थल सम्म लैजाने घोषणा गरेको भएपनि त्यसो नगरी कोहि सँग दोब्बर त कोहिसँग ५० प्रतिशत सम्म बढि भाडा लिएको पाइएको बताउनुभयो ।
दशै,तिहार र छठ पर्व नजिकिदै जाँदा यात्रुहरु नठगिउन भन्नका लागि प्रहरीले जिल्लाका बिभिन्न स्थानमा यत्रु सहायता कक्ष स्थापना गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया