रामेछाप १९ कार्तिक । अबैध घरेलु मदिरा बोकेर हिडिरहेका तीन जना महिला प्रहरी हिरासतमा पुगेका छन् ।
यसरी प्रहरी हिरासतमा पुग्नेहरुमा लिखु तामाकोशी गाउपालिका वडा नं–७ तिल्पुङका ५८ बर्षिया सुकुमाया तमाङ,३० बर्षिया किर्मिला तमाङ र ४० बर्षिया माया तामाङ रहेका छन् । उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार बिहान अबैध मदिरा सहित मन्थलीमा प्रक्राउ गरेको हो ।
बुधवार बिहान मोबाइल गस्तीमा रहेको प्रहरीले भरिएको ड्रम बोकेर हिड्दै गरेका पैदल यात्रु माथि शंका लागि चेक जाँच गर्ने क्रममा मन्थली नगरपालिका वडा नं–१ सानीमदौ बाट ३ जना महिलाहरुले बिक्री गर्न लैजादै गरेको अबस्थामा अन्दाजी ७५ लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक एबं प्रबक्ता शंकर श्रेष्ठले बताउनुभयो ।
यस अघि बेवारिसे अवैध मदिरा मात्र जफत गर्दे आएको प्रहरीले मदिरा र मान्छे सहित पक्राउ गरेको जिल्लाको यो पहिलो घटना हो ।
प्रक्राउ परेका महिला मध्ये सुकुमाया तमाङले आफुहरु कोशेलीका रुपमा घरमा बनाएको रक्सी लिएर आफन्तकोमा जाँदै गर्दा प्रहरी हिरासत सम्म आईपुग्नु परेको दुखेसो पोख्नु भयो ।
यस बारेमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले यस अघि प्रहरीले अबैध मदिरा मात्र जफत गर्दे आएको र यसपटक भने मान्छे सहितको मदिरा फेला पारेकोले आफुले कानुनी कार्बाहिको प्रकृया अगाडि बढाएको बताउनु भयो ।
कानुनी रुपमा यसरी फेला परेको मदिरा जिल्लाका सरोकारवाला निकाय का प्रमुख वा प्रतिनिधिको रोहबरमा नष्टगरी पक्राउ परेका अभियुक्तहरुलाई आबश्यक कार्बाहिका लागि जिल्ला स्थित राजस्व कार्यालयमा पठाउने ब्यवस्था रहेकोले आफुले पनि सोहि अनुसार गरेको बताउनुभयो ।
असोजको अन्तिम हप्ता देखि आफ्नो कार्य प्रारम्भ गरेको कर दातासेवा कार्यालय मन्थलीका प्रमुख तुल्सी राम पन्थिले प्रक्राउ परेका महिलाहरुलाई कानूनी प्रकृृृया अनुसार आफ्नो कार्यालयमा जिल्ला प्रहरी कार्यालयले आबश्यक कागजात सहि पठाएकोले कार्यालय मार्फत उनीहरुलाई बुधबार देखिनै बयान लिने कार्य सुरु गरिएको बताउनुभयो ।
उहाँले आज(बुधवार)बाटै बयान सुरु गरेको भएपनि आजै बयान नसकिएकोले सबै बिवरण आन्तरिक राजस्व कार्यालय धुलिखेल पठाउन सम्भावना नभएको हँुँदा हिरासतमै राख्नका लागि पुनःप्रहरी कार्यालयमै ति महिलाहरुलाई पठाईएको बताउनुभयो ।
उहाँले आबश्यक बयान सकिएपछि जिल्ला प्रहरी कार्यालय बाट आएको पत्र सहितको आवश्यक कागजात र उनीहरुसँग लिएको बयानको रेकर्ड आन्तरिक राजस्व कार्यालय धुलिखेल पठाइने र त्याहाबाट आएको आदेश अनुुुसार उनीहरुलाई कार्वाहि हुनेपनि बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया