रामेछाप ३० मङ्सिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले तीन महिनाको अवधिमा ४ हजार ७ सय वटा सवारी साधनलाई कार्वाहि गरेको छ ।
कार्यालयले सदरमुकाम मन्थली लगायत जिल्लाका बिभिन्न ठाउँमा पटक–पटक गरेको छड्के चेक जाँचको आधारमा सवारी मापदण्ड विपरित सञ्चालन भएका यातायातका साधनलाई कार्वाहि गरेको हो ।
ट्राफिकले जिल्ला प्रहरी कार्यालय संगको समन्वय र निर्देशनका आधारमा जिल्लाको ट्राफिक ब्यवस्थापनलाई थप सुधार गर्ने आफ्नो अभियानलाई निरन्तरता दिंदै ति खालका सवारी साधनलाई कार्वाहि गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार– ति साधनहरु कार्वाहिमा परेवापत कार्यालयले तीन महिनाको अवधिमा ४७ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
केहि समय अघिदेखि सवारी ब्यवस्थापनको क्षेत्रमा गम्भिर बनेको ट्राफिक कार्यालयले सवारी साधनको ब्यवस्थापनलाई जिल्लाभरी सफल बनाउने अभियानै चलाएको छ । जस अनुसार कार्यालयले आ व ०७६÷०७७ मा ७ हजार २ सय ५० सवारी साधनलाई कार्वाहि गरेको र कार्वाहिबाट ५२ लाख ५० हजार रुपैया राजस्व समेत संकलन गरेको जानकारी पनि प्रमुख पाठकले दिनुभयो ।
यो अवधिमा कोभिड–१९ मा सरकारले लगाएको नियम उलंघन तथा त्यस वापतको मौका छोपेको र अन्य विभिन्न वहानामा सवारी नियम उलंघन गर्ने ,यात्रीहरुसँग सरकारी दर भन्दा वढि भाडा असुल्ने र क्षमता भन्दा वढि यात्रु लिएर गुडेका सबै खाले सवारी साधनहरुलाई प्रमाणका आधारमा कार्वाहि गरिएको रामेछाप ट्राफिक प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । कार्वाहि स्वरुप उक्त राजस्व संकलन गर्न सफल भएको जानकारी पनि पण्डेले दिनुभयो । कार्यालयले सिमित जनशक्तिका कारण आफ्नो अभियानलाई जिल्ला ब्यापी बनाउन नसकेपनि मुख्य बजार केन्द र अत्याधिक मात्रमा यातायातका साधन चल्ने सडकलाई मध्यनजर गर्दै वेला वेलामा छड्के चेक जाँचको कामलाई निरन्तरता दिंदै जाने पनि पाण्डेले वताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया