रामेछाप, ११ माघ । शुकबार मात्र रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले आफुले प्रहरीहरूलाई नागरिक मैत्री बनाउने बताउनु भएको छ ।
आईतबार जिल्लाका राजनितिक दल, पत्रकारहरू,उद्योग बाणिज्य संघका पदाधिकारीहरु र नागरिक समाजका प्रतिनिधिहरू सँग कार्यालयमा भेटघाटका क्रममा डिएसपी ढुंगानाले सो कुरा ब्यक्त गर्नु भएको हो । प्रहरी नागरिकहरुको सेवा र सुरक्षाको जिम्मेवार निकाए भएको र प्रहरीको सफलतामा स्थानीय संचार माध्यम,राजनितिक दल र ब्यवसायिक क्षेत्रको उत्तिकै हात रहेकोले त्यसको सफलताको लागि सबैलाई रचनात्मक सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाले पँहुच हुने र नहुने सबैले न्याय पाउने भन्दै शान्ति सुरक्षा,दुर्घटनामा परेका हरुको उद्धार र सूचनाको क्षेत्रमा जतिखेर पनि आफु तयार रहेको वताउनु भयो । रचनात्मक कार्य गर्ने क्रममा प्रहरी फोर्स भित्र केहि समस्या भए आफुले पहिले त्यसलाई समाधान गर्दै कानुनको पावन्दी भित्र रहेर प्रहरी शक्ति परिचालन गरिने पनि उहाँले बताउनु भयो । उहाले नियत सफा भयो भने मात्र सवै कुरा ठीक हुने भन्दै जिल्ला भित्र भएका विकृति र विसंगतिलाई हटाएरै छाड्ने वताउनु भयो ।
परिचयात्मक कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले सबै क्षेत्र लाई समेटेर काम गर्न अनुरोध गरेका थिए भने सञ्चारकर्मीहरुले हाइड्रो पावरमा हुने दादागिरी, चोरीका मोटरसाइकल, अबैध रुपमा सञ्चालन भएका क्रसहरुको नियन्त्रण गर्न आट गर्नु पर्ने भन्दै दवाव,प्रभाव र अभावमा परेर काम नगर्न अनुरोध गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया