रामेछाप १८ फागुन । जिल्लाको ट्राफिक ब्यवस्थापनमा उल्लेखनिय भूमिका निर्वाह गर्दे आएको रामेछाप ट्राफिक प्रहरीले सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य गर्ने भएको छ ।
कतिपय चालकहरुले चप्पल मात्र लगाएर गाडि चलाउँदा पसिना बढी आउने र सो क्रममा चप्पल चिप्लने र चप्पल अड्किएर पनि ब्रेकमा सहि निसाना नलाग्ने हुँदा दुर्घटना हुने भएको प्रमाणका आधारमा जिल्लाभर चल्ने सबै किसिमका यातायातका चालकहरुलाई ट्राफिक प्रहरीले मंगलवार बाट अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने ब्यवस्था गरेको हो ।
ट्राफिक प्रहरीले त्यसका लागि लगातार ५ दिन सम्म सडकमा गुड्ने ठुला देखि साना सबै यातायातका चालकहरूका लागि सचेतना अभियाननै चलाउन लागेको ट्राफिक प्रमुख प्रहरी रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।
लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका पाण्डेले दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापन लाई सवल बनाउनु आफुहरूको मुख्य दायित्व भएकोले पनि ट्राफिकले सुन्दा सामान्य लागे पनि ब्यवहारमा पटके घटनाका रुपमा चप्पलको प्रयोग पनि भएको पाईएकोले जुत्ता अनिबार्य गराउन लागेको जानकारी दिनुभयो ।
कतिपय दुर्घटना चप्पल लगाएर आउने पसिनाका कारण घटेको अनुभवका आधारमा संचालन गर्न लागेको अभियानमा समाजको सबै पक्षलाई साथ दिन पनि प्रमुख पाण्डेले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– हामी लगातार ५ दिन सम्म सबै खालका यातायातका चालकहरुलाई अभियानको बारेमा जानकारी गराउँछौ । त्यसपछि पनि हाम्रो नियमको नियतबस उलंघन गरेको पाईएमा त्यसखालका चालकहरुलाई कार्वाहि देखि जरिवाना सम्म गराउने पनि अभियानको लक्ष्य रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया