रामेछाप २१ फागुन । रामेछाप जिल्लाको मन्थलीस्थित सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापमा ३ दिन अघि देखि सुरु भएको अग्नि नियन्त्रक अनुशिक्षण तालिम शुक्रवार सम्पन्न भएको छ ।
तालिको समापन समारोहमा वोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले ३५ जना अग्निि नियन्त्रक उत्भपादन भएपछि अब जिल्ला वा पालिकाहरुमा सहयोग पुग्ने वताउनुभयो ।
सो अवसरमा वोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी लिलाराज सुनुवारले यस्ता तालिममार्फत जिल्लामा दक्ष जनशक्ति उत्पान हुँदा आगलागिका घटनाहुनमा कमि आउने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका प्रशिक्षार्थी नविन कार्कीले तालिम अत्यन्तै फलदायी भएको वताउनुभयो ।
तालिममा सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना, मन्थली न.पा.का कर्मचारीहरू,नेपाल रेडक्रस सोसाइटिका कर्मचारी तथा स्वंयम सेवक, र जिल्ला वन कार्यालयका कर्मचारी र रासमका पदाधिकारी सहित ३५ जना सहभागि रहेका थिए ।
मन्थली नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालिममा सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापका प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेल,प्रहरी सहायक निरीक्षक सुजन केशी, सहायक प्रहरी नायव निरिक्षक लक्ष्मण गौतम स.प्र.स.ह युवराज विश्वकर्मा, स.प्र ज नविन कुमार वस्नेत, नागरिक उड्डेन कार्यालयका अग्नि नियन्त्रक द्वय मधुसुदन थापा र राजेन्द्र थापाले सहजीकरण गर्नु भएको थियो । ।
सो अवसरमा डि एस पी प्याकुरेलले जिल्लामा विपद ब्यवस्थापनका धेरै काम गर्न वाँकि रहको भन्दै अग्नि नियन्त्रक तालिम विपद ब्यवस्थापनको सानो विषयवस्तु मात्र भएको वतउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया