रामेछाप,२७ फागुन । मंगलवार देखि नयाँ प्रजिअको रुपमा काम सम्हाल्नु भएका रामेछापका जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जिल्लाको प्रशासनलाई नागरिक मैत्री बनाउने बताउनु भएको छ । सो कुरा उहाँले प्रजिअको रुपमा काम सम्मालेको दोस्रो दिन बुधबार जिल्लाका संञ्चार माध्यमहरूका प्रतिनिधिहरूसंगको भेटमा बताउनु भएको हो ।
यस अघिका प्रजिअ अर्जुन शर्मा करिब २ महिना कार्यकाल पछि सरुवा भएर हिडेपछि नयाँ प्रजिअको रुपमा रामेछाप आउनु भएका प्रजिअ सैजुले आफुले सकभर जिल्लामा समन्वय गरेर नै काम गर्ने र त्यसका लागि भने सबै पक्षको सहयोग आबश्यक पर्ने भएकोले संञ्चार माध्यमका प्रतिनिधिहरूलाई पनि सहयोग गर्न आग्रह गर्नु भयो ।
भेटघाटका अबसरमा जिल्लाको शान्ति सुरक्षा,यातायत र बजारको अनुगमन प्रणाली लाई थप ब्यवस्थित गरिनुका साथै सरकारी कार्यालयहरूमा सूचना प्रवाहको अवस्थाका बारेमा प्रजिअ ले समय दिएर चासो राख्नु पर्ने कामका वारेमा सञ्चारकर्मीहरुले सुझाए पछि त्यसको जवाफ दिंदै प्रजिअ सैजुले जिल्लामा देखिएका विसंगति र विकृतिका विरुद्धमा पनि आफुले समन्वयका साथ काम गर्ने विश्वास दिलाउनु भयो । जिल्लाका सरकारी कार्यालय हरूले अहिले पनि सूचना लुकाउने गरेको गुनासोका बारेमा उहाँले संञ्चारकर्मीहरू सँग भन्नुभयो — “अब मेरो कार्यकालमा त्यस्तो हुदैन । जिल्लाका सरोकारवालाहरू सँगको सुझाबका आधारमा भएका कमिकमजोरीलाई ब्यवस्थापन गर्दै शुसासनमुखि र नागरिक मैत्री प्रशासनको अनुभुति दिलाउनु पर्छ भन्ने सोच मैले बनाएको छु ,जुन मेरो दायित्व पनि हो ।” भेटघाट कार्यक्रममा प्रजिअले सुरक्षा निकायका प्रमुखहरूलाई समेत साथमा राख्नु भएको थियो । सो क्रममा सहभागि संञ्चारकर्मीहरूले प्रजिअलाई सुशासनमैत्री कार्यकालका लागि शुभकामना पनि दिएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया