रामेछाप । गणतन्त्र दीवस २०७८ को अवसर पारेर जिल्ला कारागार रामेछापका १२ जना कैदी आज जेलमुक्त भएका छन् । सो अबसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभरका ४ सय ३० जना कैदिको बाँकि जेल मिनाह गर्ने घोषणा गरे अनुरुप शनिबार विहान रामेछापबाट १२ जना कैदी जेल मुक्त भएका हुन ।
उनिहरु सबैका लागि जेल सजाएको आधा अवधि भुक्तान गरेको जिल्ला कारागारको सिफारीसको आधारमा मन्त्रीपरिषदको निर्णय पछि राष्ट्रपतिको कार्यालय बाट बाँकि कैद सजाय मिनाहा भएको जिल्ला कारागार रामेछापले जनाएको छ ।कैदीहरुको चाल चलन र उनिहरुको असल र कुशल ब्यवहारका आधारमा कारागार प्रशासनले जम्मा २१ जनालाई जेल मुक्त गराउनका लागि विभागमा सिफारिस गरेको भएपनि थप मुल्यांकनका आधारमा विभागले १२ जना कैदीको नाम मात्र पठाएकोले १२ जना जेल मुक्त भएको कारागार प्रमुख रामकुष्ण घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार – यसरी जेल मुक्त हुनेहरुमा कर्तब्य ज्यान सम्बन्धि ७ जना साधारण चोरीको १ जना, नकवजनी चोरीको १ जना,बहु विवाह १ जना, सबारी ज्यान संबन्धि मुद्धा १ जना र बहु विवाह सम्वन्धि १ जना रहेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया