३० जेठ, २०७६
मन्थली- रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सिमाना स्थित नुम्बुर ट्रेकिङका क्रममा हिडेका ४ जना ब्यक्तिहरू मध्ये हराइरहेका एक जना युवालाई प्रहरीले बुधबार जिबित्तै उद्धार गरेको छ ।
जेठ २५ गते शनिबार देखि काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ३ का ३४ वर्षका मनिष युगल श्रेष्ठ हराएको सूचना प्रहरीले पाएपछि खोजतलासका क्रममा बुधवार बिहान गोकुलगंगा गाउपालिका वडा नं १ मानेडाँडा तेर्सेमा लेक लागेर हिड्न नसक्ने अबस्थामा जिबितै फेला पारेको थियो । जिल्ला सदरमुकाम मन्थलीबाट ४ घण्टाको सवारी यात्र र बाँकी एक दिनको पैदल यात्रको दुरी पार गरेपछि मात्र पुगिने भौगोलिक बिकटता भएको उक्त ठाउँमा श्रेष्ठको उद्धारका लागि काठमाण्डौबाट हेलिकप्टर मगाइएको भएपनि खराब मौसमका कारण हेलिकप्टर बस्न नसकी काठमाण्डौ फिर्ता भएको रामेछापका प्रहरी प्रमुख सन्तोष भटटराईले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया