Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केब्स स्कुलले पूरा गर्यो १६ वर्षे यात्रा, गुणस्तरीय शिक्षामा जोड

नेपाल अभियान नेपाल अभियान
८ कार्तिक २०७६, शुक्रबार
in शिक्षा
0
190
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी वोर्डिङ्ग स्कुलले बिविध कार्यक्रमका साथ आफ्नो १६ औं बार्षिक उत्सब मनाएको छ । स्कुलले शुक्रबार विद्यावर्थी, अविभावक, शिक्षक र जिल्लाका सरोकारवाला निकाएका प्रतिनिधिहरु सहितको सहभागितमा बार्षिक उत्सव मनाएको हो । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता तथा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमन्त बुढाथोकीको विषेश आतिथ्यतामा मनाइएको बार्षिक उत्सवको अवसरमा केब्सका छात्र छात्राहरुले विविध साँस्कृतिक कार्यक्रम र प्रहसन प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुले नेपालको संस्कृतिको जगेर्ना गर्दै वर्तमान अवस्थामा युवा र बालबालिका पुस्तामा देखिएको विकृतिको अन्त्यका लागि सन्देश दिने उदेश्यका साथ विभिन्न सन्देश मुलक प्रस्तुतिको समेत प्रर्दशन गरिएको थियो । विद्यार्थीहरुले नजिकिदै गरेको तिहारको स्मरणमा शुभकामना सहित देउसी भैलो कार्यक्रम गरी कार्यक्रमको आरम्भ गरिएको थियो । अतिथि, अविभावक र आम विद्यार्थीहरुका माझ मन्थली र तामाकोशी किनारमा ठुलो संख्यामा रहेको माझी संस्कृतिको जगेर्नाका लागि माझि समूदायको पुरानो प्रहसन पनि प्रस्तुत गरिएको थियो । अत्यन्त रोचक र सन्देशमुलक प्रस्तुतिका माझ केब्सले विभिन्न विधाका उत्कृष्ठ स्थान हासिल गरेका विद्यार्थीहरुलाई सम्मान पत्र, नगद र शिल्डद्धारा सम्मान गरेको थियो । त्यसैगरि दिर्घकालीन रुपमा बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई पनि प्रमुख अतिथि र अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रमका अवसरमा विद्यालयका प्रिन्सिपल केशव तिम्लसिनाले अतिथिहरुलाई स्वागत गर्दै शैक्षिक सुधारका क्षेत्रमा विद्यालयले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै भावि दिनमा विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझै अब्बल बनाउने अभियानम विद्यालय सक्रिय भएर लाग्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याबसन रामेछापका अध्यक्ष ढाल विक्रम कार्की, जिल्ला युवा परिषद्का अध्यक्ष प्रकाश कार्की, सामुदायिक विकास समाजका निर्देशक मिलन घिसिङ्ग, नेपाल पत्रकार महासंका अध्यक्ष रमेश ढुंगेल, नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे लगायतका व्यक्तिहरुले विद्यालयलाई बार्षिक उत्सवका अवसरमा शुभकामना दिनुका साथै विद्यालयले शैक्षिक विकासका क्षेत्रमा जिल्लामा खेलेको अब्बल भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।

Share152Tweet16Share4

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

८ कार्तिक २०७६, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

८ कार्तिक २०७६, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

८ कार्तिक २०७६, शुक्रबार
निर्वाचनमा खटाइएका शिककहरु नजाने
विविध

निर्वाचनमा खटाइएका शिककहरु नजाने

८ कार्तिक २०७६, शुक्रबार
नेविसंघ रामेछापमा बिबाद
राजनीति

नेविसंघ रामेछापमा बिबाद

८ कार्तिक २०७६, शुक्रबार
शिक्षा क्षेत्रमा सुधार नभए सम्म परिवर्तन असम्भब
प्रदेश नं ३

शिक्षा क्षेत्रमा सुधार नभए सम्म परिवर्तन असम्भब

८ कार्तिक २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.